back
NMB ad

१६ सय मेगावाट जलबिधुत् उत्पादन कार्य अगाडि बढाइदै,कसको लगानी कति ?

Kumari bank ad

काठमाडौ । जलविद्युत लगानी तथा विकास कम्पनीले आगामी आर्थिक वर्षदेखि साढे १६ सय मेगावाटका जलविद्युत आयोजनामा स्वपुँजी (इक्विटी) लगानी गर्ने योजना बनाएको छ । वित्तीय अवस्था दरिलो बनाउने लक्ष्यले योजना अघि बढाएको हो ।

कम्पनीले तयार गरिरहेको पाँच वर्षे योजनामा पनि यसलाई समेटिएको छ । निजी क्षेत्रका करिब साढे ६ सय र सरकारको लगानी हुने हजार मेगावाटका आयोजनामा इक्विटी लगानी गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले बताए ।

‘विद्युत उत्पादन कम्पनीले अनुमतिपत्र लिने तयारी गरेको जगदुल्ला, बेतन कर्णालीलगायत आयोजनामा लगानी हुनेछ,’ उनले भने, ‘हिजो ऋणमा मात्र जोड दिइएको थियो । अब ऋण र इक्विटी दुवैमा लगानी बढाउने हो ।’ यसो हुँदा कम्पनी आर्थिकरूपले सक्षम बन्दै जाने उनले बताए ।

कम्पनीका अनुसार निजामति कर्मचारीको लगानीमा निर्माण हुने ५ सय ६४ मेगावाटको फूकोट कर्णालीमा १५ प्रतिशत इक्विटी हुनेछ । यो सेना, प्रहरी, शिक्षक र निजामति कर्मचारीको तलबको केही हिस्सा कटौती गरेर लगानी गर्ने सरकारको योजना छ ।

यसैगरी, रेमिट हाइड्रो सहायक कम्पनी स्थापना गरेर घुन्सा र सिम्बुवामा लगानी गरेको छ । यी दुई आयोजनामा कम्पनीको करिब ५१ प्रतिशत इक्विटी हुने पोखरेलले बताए । कम्पनीले अहिलेसम्म पावर ट्रान्समिसन, विद्युत उत्पादन, नेपाल पावर टे«डिङ, र नेपाल विद्युत प्राधिकरण इन्जिनियरिङ कम्पनीमा इक्विटी लगानी छ ।

ऋण लगानीतर्फ अहिलेसम्म करिब ५ सय मेगावाटका १३ आयोजनामा ५ अर्ब रुपैयाँबराबरको वित्तीय सम्झौता भएको छ । विभिन्न बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरेर आयोजनामा लगानी भएको उनले बताए ।

कम्पनीले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष ९आएफसी० सँग सहकार्य गरेर ३७।६ मेगावाटको काबेली ‘ए’मा पनि लगानी गरेको छ । कम्पनीका अनुसार अहिले लगानीका लागि ७ आयोजनाको प्रस्ताव आएको छ । यसबारे अध्ययन भइरहेको छ ।उर्जाखबरबाट

प्रकाशित मितिः २०७४ असार १५

वि.सं.२०७४ असार १५ बिहीवार ११:०० मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...