back
NMB ad

रोनाल्डो बने जुमल्याहा सन्तानका पिता !

Kumari bank ad

क्रिष्टियानो रोनाल्डोले आफू जुम्ल्याहा सन्तानको पिता बनेको घोषणा गरेका छन् । रुसमा भइरहेको फिफा कनफेडेरेशन कप अन्तर्गत बुधबार राति भएको सेमिफाइनलमा चिलीसँग पराजित भएको केही घण्टापछि रोनाल्डोले आफू जुमल्याहा सन्ताको पिता बनेको बताएका हुन् ।

केही हप्तादेखि पोर्चुगिज सञ्चामाध्यमले रोनाल्डो सरोगेट मदरको मार्फत जुम्ल्याहा (एक छोरा र छोरी) को पिता बनेको बताउँदै आएका थिए । तर रोनाल्डोल झण्डै तीन हप्तापछि मात्रै त्यसको पुष्टि गरेका हुन् । रोनाल्डोले आफ्नो फेसबुक पेजमा जुमल्याहा सन्तानसँगको तस्बिर पोस्ट गरेका हुन् । सरोगेट मदरमार्फत जन्मिएकी रोनाल्डोको छोरीको नाम इभा र छोराको नामा माटेओ रहेको दाबी गरिएको छ ।

रोनाल्डो यसअघि सन् २०१० मा पनि सरोगेट मदरको सहयोगमा पिता बनेका थिए । रोनाल्डोका जेठो छोरा क्रिष्टियानो जुनियर अहिले सात वर्षका भए । रोनाल्डोका जुमल्याहा सन्तानको जन्म गएको यहि ८ मा भएको दाबी गरिएको छ । पोर्चुगिज फुटबल फेडेरेशन एफपिएफले एक वक्तव्य जारी गरेर रोनाल्डोले आफू पिता बनेको खबर कनफेडेरेशन कपका लागि रुस जानु अघि नै गराएको बताएको छ ।

प्रकाशित मितिः २०७४ असार १६

वि.सं.२०७४ असार १६ शुक्रवार १७:१८ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...