back
NMB ad

सप्तरीमा बाढीबाट डुबान;सशस्त्र प्रहरी हबलदारको  मृत्यु 

Kumari bank ad

राजविराज । विगत २ दिनदेखि अविरल वर्षाका कारण विभिन्न खोला तथा नदीमा आएको बाढीले सप्तरीको एक दर्जन गाउँ डुबानमा परेको छ ।

साथै बाढीमा परेर सशस्त्र प्रहरी हबलदारको डुबेर मृत्यु भएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय राजविराजका प्रहरी उपरीक्षक रामआधार यादवका अनुसार पिलाठीस्थित वेलही भन्सारमा खटिएका इलाम घर भएका सशस्त्र प्रहरी हबलदार सुमन आचार्यको मृत्यु भएको हो ।

त्यस्तै बाढीले बगाएर ल्याएको सढेगलेको एक लास पनि फेला परेको प्रहरीले जनाएको छ । सप्तरीमा दुई दिन लगातार परेको अविरल वर्षाले खाडो, त्रियुगालगायतका नदीमा आएको बाढीले राजविराज नगरपालिकाको दुईवटा वडासहित एक दर्जन गाउँ डुबानमा परेको हो । बाढीबाट राजविराज नगरपालिका–९ र १० का साथै मैनाकरेरी, बसबिट्टी, पिलाठी, पिया, मुसरमिया, पिप्राही, रायपुर, लोनिया, रुपनी, पकरी र मलहनियालगायत गाउँ डुबानमा परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गाउँमा बाढी पसेको कारण तीन फिट घरमा पानी पसेको छ । बाढीका कारण उक्त प्रभावित गाउँहरुमा लत्ताकपडा, खाद्यान्न, भाँडावर्तन र भौतिक सामग्री नष्ट भएको पीडितहरुको गुनासो छ ।

उद्धार र राहतका लागि स्थानीय प्रशासनले व्यापक रुपमा प्रहरी परिचालन गरेको र बाढीमा फसेका ५०० भन्दा बढी व्यक्तिलाई सकुशल उद्धार गरेको सप्तरीका प्रहरी उपरीक्षक अनुराग सुवेदीले बताए ।

सो बाढीपीडित क्षेत्रमा उद्धार तथा राहतका लागि आज दिउँसो जिल्ला प्रशासन कार्यालयमा छलफल कार्यक्रम राखिएको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः २०७४ असार १८

वि.सं.२०७४ असार १८ आइतवार ११:२८ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...

कैलाश मानसरोवर दूरदर्शनले नेपालगञ्जका होटल भरिभराउ   

कैलाश मानसरोवर दूरदर्शनले नेपालगञ्जका होटल भरिभराउ   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:४२

खजुरा (बाँके), १६ वैशाख : नेपालगञ्जबाट माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवर...

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउनेमा ग्लोबल आइएमई बैंक, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउनेमा ग्लोबल आइएमई बैंक, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:३७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा...