back
NMB ad

जेलमा रहेका पूर्वप्रधानमन्त्री जेलमुक्त !

Kumari bank ad

इजरायलका पूर्व प्रधानमन्त्री एहुद अल्मर्ट आइतबार जेलमुक्त भएको समाचार छ । उनलाई जमानीमा मुक्त गरिएको समाचारमा जनाइएको छ । उनी भ्रष्टाचारको मुद्धमा जेलमा रहेका थिए ।

almert

जमानीमा मुक्त भएका उनको बाँकी जेल बस्नुपर्ने समयको एक तिहाइजति अवधिमा कटौती गरिएको बताइएको छ । उनी इजरायलका पूर्व प्रधानमन्त्रीजस्तो उच्च ओहदाको व्यक्ति जेलमा बस्ने पहिलो नेता हुन् । उनलाई मध्य इजरायलको मासियाहु जेलबाट मुक्त गरिँदा त्यहाँ ठूलो सङ्ख्यामा सम्वाददाता उपस्थित भएका थिए ।

तर उनले सम्वाददाताहरुलाई प्रतिक्रिया दिन मानेनन् । उनी जेलबाट बाहिर निस्किदाको तस्बिर लिन कैयौँ सम्वाददाताहरु बिहानै त्यहाँ पुगेका समाचार समितिहरुले जनाएका थिए । कालो टिसर्ट लगाएर बाहिरिएका उनले सम्वाददाताहरुले प्रतिक्रियाका लागि गरेको सङ्केतको वास्ता गरेनन् र सरासर अघि बढे समाचारमा उल्लेख छ ।

एकहत्तर बर्षीय अल्मर्ट सन् २००६ देखि २००९ सम्म इजरायलको प्रधानमन्त्री भएका थिए । उनीमाथिको भ्रष्टाचारको आरोप प्रमाणित भएपछि थुनामा राखिएको हो । उनलाई सन् २०१६ को फेब्रुअरीमा जेल चलान गरिएको थियो । उनलाई अदालतले २७ महिनाको जेल जिवनको सजाय सुनाएको थियो ।

तर जेल बस्नुपर्ने बाँकी अवधिका लागि उनले अब घरमै बस्नेगरी जमानी प्राप्त गरेका हुन् । यसबाट उनको बाँकी जेल बस्नुपर्ने अवधिमा एक तिहाई कमी आएको समाचारमा उल्लेख छ ।

जेल जिवनमा कटौती गरी थुनुवाहरुलाई केही समय मिनाहा दिने बोर्डले उनीमाथिको अपराध त्यति गम्भीर प्रकृतिको नरहेको र घरैमा बसेर पनि पुनस्र्थापना केन्द्र सरह ब्यवहार र आचरणमा परिवर्तन ल्याउन आचरण सुधारका क्रियाकलाप गराउन सकिने भएकोले उनलाई जमानीमा मुक्त गरिएको बताएको छ ।

प्रकाशित मितिः २०७४ असार १८

वि.सं.२०७४ असार १८ आइतवार १४:५१ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...