back
NMB ad

२४६ स्थानीय तहको मत परिणाम घोषणा,एमाले एकसय चार स्थानमा विजयी !

Kumari bank ad

काठमाडौ। आज दिउँसोसम्ममा २४६ स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ । दोश्रो चरणअन्तर्गत यही असार १४ गते प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । यो सँगै २० जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य पूरा भएको छ ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) का अनुसार प्रदेश नं १ का ९३, प्रदेश नं ५ का ८० र प्रदेश नं ७ का ७३ स्थानीय तहको अन्तिम मत परिणाम घोषणा भइसकेको छ ।

मतगणना सकिएका जिल्लाहरुमा खोटाङ, तेह्रथुम, धनकुटा, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, भोजपुर, रोल्पा, रुकुम, पाल्पा, गुल्मी, दार्चुला, बैतडी, डडेल्धुरा, बझाङ, बाजुरा, अछाम, अर्घाखाँची र डोटी छन् ।

पछिल्लो मतगणनाअनुसार, नेकपा (एमाले) १०४, नेपाली काँग्रेस ९५, नेकपा (माओवादी केन्द्र) ३२, सङ्घीय समाजवादी फोरम छ, मधेसी जनअधिकार फोरम नेपाल चार, राप्रपा दुई र स्वतन्त्र उम्मेदवारले एक स्थानीय तहको प्रमुख÷अध्यक्ष पदमा निर्वाचित भएको आयोगले जनाएको छ ।

उपप्रमुख एवम् उपाध्यक्षमा एमाले १२३, काँग्रेस ७९, माओवादी केन्द्र ३२, सङ्घीय समाजवादी फोरम नेपाल पाँच, जनअघिकार फोरम लोकतान्त्रिक तीन, राष्ट्रिय जनमोर्चा दुई, राप्रपाका दुईजना उम्मेदवार भएको जानकारी आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

दोस्रो चरणको स्थानीय तहको ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधि चयन हुनेछन् । यस निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो । रासस

प्रकाशित मितिः २०७४ असार १९

वि.सं.२०७४ असार १९ सोमवार १६:५८ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:३२

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १०...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...