back
NMB ad

ट्रम्प–पुटिन वार्ताःनाकाबन्दीको कुरा

Kumari bank ad

अमेरिकी राष्ट्रपतिको कार्यालाय ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच जर्मनीमा भएको भेटवार्तामा नाकाबन्दीका विषयमा पनि कुराकानी भएको स्पष्ट गरेको छ । जि–२० को सम्मेलनमा जर्मनीको ह्याम्बर्गमा गत हप्ता दुई देशका राष्ट्रपतिको हैसियतमा उनीहरुबीच पहिलो पटक भेटवार्ता भएको हो ।

सो वार्ताका क्रममा उनीहरुबीच सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रुसको हस्तक्षेप भएको भन्दै नाकाबन्दीका विषयमा पनि कुराकानी भएको बताइएको थियो । तर सो विषयलाई अमेरिकी राष्ट्रपति ट्रम्पले भने अस्वीकार गरेका थिए । उनले आफ्नो भेटका क्रममा रुसी राष्ट्रपति पुटिनसँग अन्य विषयमा कुराकानी भए पनि नाकान्दीका बारे भने कुरा नभएको बताएका थिए ।

राष्ट्रपति ट्रम्पले यो दाबी गरेको दुई दिनपछि ह्वाइट हाउसले भने त्यसको पनि खण्डनको स्वरुपमा यो खुलासा गरेको हो । ह्वाइट हाउसका प्रवक्ता सराह हकाबी स्यान्डर्सले उनीहरुबीच नाकाबन्दीका बारेमा पनि कुराकानी भएको जानकारी सोमबार दिएका थिए । यो भेटमा दुई देशबीचको सम्बन्ध थप विकास र प्रवर्धनका लागि पहिलो परीक्षणका रुपमा यो भेटवार्तामा कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन जी–२० समूहको सम्मेलनमा सहभागिताका लागि जर्मनीको ह्यामबर्ग गएका थिए । सो सम्मेलनपछि उनीहरुबीच भेटवार्ता भएको थियो । रुससँग संयुक्तराज्य अमेरिकाका धेरै विषयमा मतभेद छन् । सन् २०१६ को आम निर्वाचनमा रुसको संलग्नताको कुरा गत वर्ष नै बाहिर आएको थियो । यद्यपि यो मुद्दा पुष्टि भइसकेको भने होइन ।

यसैगरी उनीहरुबीच पछिल्लो समयमा उत्तर कोरियाले गर्ने गरेको आणविक परीक्षणको विषयमा पनि कुराकानी भएको बताइएको थियो । उत्तर कोरियाप्रति रुस विगत देखि नै तटस्थ रहँदै आएकोले अमेरिकाले रुसलाई सो विषयमा कुराकानी गर्न आग्रह गरेको बताइएको थियो । राष्ट्रपति ट्रम्पले जुन विषयमा आफूले कुराकानी नगरेको बताएका थिए । सोही विषयमा विवादास्पद हुनेगरी कुरा भएको भनी ह्वाइट हाउसले नै यो बिषय बाहिर ल्याएको सञ्चारमाध्यमले जनाएका छन् । रासस÷सिन्ह्वा

प्रकाशित मितिः २०७४ असार २७

वि.सं.२०७४ असार २७ मंगलवार १३:४० मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...