back
NMB ad

जहाँ पैसा तिरेरै पनि ज्यानको बाजी लगाएर बाटो हिँडिन्छ

Kumari bank ad

जाजरकोट । बाटो हिँडेको पनि पैसा तिर्नुपर्छ भन्दा अनौठो नमान्नुहोला । तर जाजरकोट जिल्लाको लहँको गेडेनीदेखि चिमिरे ओडारसम्मको बाटो हिँडेको पनि पैसा तिर्नुपर्ने बाध्यता रहेको छ ।

पैसा नतिरे यात्रा गर्न मुस्किल हुने भएपछि व्यक्तिपिच्छे रु २०० देखि ५०० सम्म रकम स्थानीयलाई बुझाउन यो बाटोमा हिँड्ने यात्रु बाध्य छन् ।

साविकको नायकवाडा, रोकायगाउँ, सक्ला, लहँ, रामीडाँडा र खगेनकोटका गाविसका स्थानीयबासी रकम तिरेरै पनि यो बाटोमा कष्टकर यात्रा गर्नुका साथै दैनिक उपभोग्य सामग्रीको ढुवानी पनि गर्ने गरेका छन् ।

नलसिंहगाड जलविद्युत् आयोजनाको पहुँच मार्ग निर्माण गर्नका लागि सडक निर्माण कार्यमा ढिलासुस्ती भएपछि यहाँका स्थानीय बाटो नहुँदा पाइलैपिच्छे रकम तिर्न बाध्य भएका हुन् ।

कडा चट्टान र भिरालो जमिनमा बम पड्काएर भत्किएको बाटो समयमै मर्मत नहुँदा दैनिक सय भन्दा बढी यात्रु यात्रा गर्न पैसा तिरेरै नजिकका स्थानीयको शरणमा पर्दै बाटो पार गर्ने गरेका छन् ।

बाटो पार गर्नका लागि डोरीको प्रयोगदेखि चट्टानमा उम्रिएका खरको सहारा लिनुपर्ने बाध्यता रहेको छ । बाटोमा केही सामग्री नल्याई खाली आए पनि, आउन र जान ज्यानको बाजी नै लगाउनुपर्ने हुन्छ, अलिकति तलमाथि हुने बित्तिकै नलसिंहगाड नदीमा परिन्छ । यसरी ज्यान बचाउनकै लागि भएपनि पैसा तिर्न बाध्य भएको वारेकोट गाउँपालिका–९ का रवि महतराले बताए ।

निर्माणको जिम्मा लिएका ठेकेदारले जथाभावी पहिलेको बाटो भत्काएर बनाएको नयाँ बाटोमा मानिससम्म हिँड्न नमिल्ने पारेर मर्मत नगर्दा निकै समस्या भएको महतराले बताए ।

करिब १० किलोमिटर बाटो निर्माण हुँदैछ । यो बाटोमा माथिबाट ढुङ्गा खस्ने भएकाले अत्यन्त जोखिमयुक्त बाटोको रुपमा लिइँदै आएको छ । (हेमन्त केसी) रासस

 (फाइल फोटो)

प्रकाशित मितिः २०७४ असार २७

वि.सं.२०७४ असार २७ मंगलवार १४:१३ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...