back
NMB ad

बजार अनुगमनका क्रममा ३२ किलो कुखुराको मासु नष्ट

Kumari bank ad

काठमाडौँ । नियमित बजार अनुगमनका क्रममा गोँगबुमा रहेको २ मासु पसलबाट ३२ किलो खान अयोग्य मासु नष्ट गरिएको छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आज गरेको अनुगमनका क्रममा गोँगबुमा रहेको ओम के फ्रेस मिट हाउसबाट १७ किलो र तनहुँ एण्ड धादिङ मासु पसलबाट १५ किलो खान अयोग्य कुखुराको मासु नष्ट गरिएको हो ।

अनुगमनका क्रममा दुवैै पसलले व्यवसाय दर्ता नगरेको, नापतौल प्रमाणीकरण नगरेको र बध गर्ने स्थान समेत अत्यन्तै फोहोर रहेको पाएपछि ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

विभागले मंगलबार गोँगबुमा रहेको ७ पसलको पनि अनुगमन गरेको छ । अन्य पसल भने सामान्य अवस्थामा रहेको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी सार्वजनिक यातायातको अनुगमनका क्रममा यात्रुसँग बढी भाडा लिएको १६ सवारी साधनलाई कारबाही गरी बढी भाडा तत्काल फिर्ता गर्न लगाइएको छ भने अन्य ११ सवारी साधनलाई सचेत गराइएको छ । विभागले उभोक्तालाई पारदर्शी रुपमा उपभोग्य सामग्री वितरण गर्ने उद्देश्यका साथ पछिल्लो समय अनुगमनलाई तीव्र बनाएको छ ।

प्रकाशित मितिः २०७४ असार २८

वि.सं.२०७४ असार २८ बुधवार ११:३७ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...