back
NMB ad

उकुषा गिरी बनिन् मिस एसिया नेपाल

Kumari bank ad

काठमाडौ । काठमाडौ,भिमसेनगोलाकी १८ वर्षीया उकुषा गिरीले मिस एसिया नेपाल २०१७ को उपाधि चुमेकी छिन्। उनलाई अघिल्लो वर्षकी विजेता तथा मिस एशिया ग्लोबलमा नेपालको प्रतिनिधित्व गरिसकेकी सुप्रभा कुँवरले ताज पहिर्‍याइदिएकी थिइन्।

विभिन्न विज्ञापनसँगै र्‍याम्प मोडलिङसमेत गर्दै आएकी उकुषाले उपाधिसँगै आगामी असोजमा श्रीलंकामा हुने मिस एसिया ग्लोबलमा सहभागिताको अवसर पाएकी छन्। उनले ताजसँगै ५० हजार रुपैयाँ तथा विभिन्न म्युजिक तथा टिभीसी भिडियोमा खेल्ने अवसर पनि पाएकी छन्।

नेक्स्ट इभेन्ट इन्टरनेसनलले आयोजना गरेको प्रतियोगितामा काभ्रेपलाञ्चोककी मेडिकल विद्यार्थी परीक्षा विष्ट फस्ट रनर अप, जानकी श्रेष्ठ मिस पपुलर र मिस बेस्ट ड्रेससहित सेकेन्ड रनर अप बने। त्यस्तै, विधागततर्फ नेहा बिष्ट मिस बब्ली र मिस चार्मिङ, सुस्मा ठकुरी मिस ट्यालेन्ट, सुमी भट्टराई बेष्ट वल्क र कृषा श्रेष्ठ मिस कन्प्किडेन्ट बने।

आयोजकका अनुसार शीर्ष विजेता र फस्ट तथा सेकेन्ड रनर अप एक बर्षसम्म आयोजक संस्था तथा फ्रेन्ड्स इनिसेटिभको सद्भावना दूत रहने छन् भने सम्पूर्ण उप–उपाधि विजेता तथा प्रतियोगीलाई विभिन्न अवसर प्रदान गरिनेछ।

सोनी खड्का र प्रिया रानी लामाको कोरियोग्राफी रहेको प्रतियोगिताको अन्तिम चरणमा सञ्चारकर्मी जीपी तिमल्सेना, पूर्व मिस ग्लोबल इन्टरनेसनल निलम चन्द, पूर्व मिस नेपाल अर्थ मेधा कोइराला, व्यवसायी तथा कलाकार रचिता क्षत्री र पूर्व मिस अरोमा चितवन इशा प्रधान निर्णायक थिए।

प्रकाशित मितिः २०७४ साउन ३

वि.सं.२०७४ साउन ३ मंगलवार १४:२३ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...