back
NMB ad

एमालेको कार्यकर्ता होईन,जनताको सेवक बनेर जनप्रतिनिधिले काम गर्नुस्ः केपी ओली

Kumari bank ad

काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित जनप्रतिनिधिले एमालेको कार्यकर्ता होईन जनताको साझा प्रतिनिधि बनेर काम गर्न आग्रह गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) सातौं राष्ट्रिय महाधिबेशन प्रतिनिधि परिषद्को उद्घाटन एवं जिफन्ट अन्तर्गतका नवनिर्वाचित स्थानीय तहका प्रतिनिधिहरुलाई सम्मान गर्दै उनले जनतामाझ जनप्रतिनिधिले सहि काम गरेर देखाउन निर्देश गरे । जनप्रतिनिधिलाई एमालेले पत्याएको र जनताले जिताएको भन्दै उनले भने, “स्थानीय तहमा तपाईहरु एमालेको कार्यकर्ताको रुपमा त्यहाँ काम गर्ने होईन । तपाईहरुले जिफन्टको कार्यकर्ताको रुपमा त्यहाँ काम गर्ने होईन । जनताको साझा प्रतिनिधिकोरुपमा काम गर्नुपर्यो । समग्र विकासको काम गर्नुपर्यो ।”

एमालेलाई अरु पार्टीसँग नदाँज्न आग्रह गर्दै उनले भने, “अरु पार्टी र एमालेको बीचमा भिन्नता के छ भने अरु पाटीर्ले पार्टीको मात्र काम गर भन्छन्, हामी पार्टीका लागि काम गर भन्दैनौं, देशका लागि काम गर, विकासका लागि काम गर, जनताका लागि काम गर भन्छौं । ”

देउवा सरकार मैले चाईनिज नबुझेजस्तै भयो

उनले अहिलेको सरकारप्रति व्यङ्ग्य गर्दै भने, “यो सरकार र सरकारी गठबन्धन त्यत्रोबिना सुन्ने,बुझ्ने फुर्सद भएको सरकार पनि होईन र बुझ्दा पनि बुझ्दैन । मलाई कसैले चाईनिज भाषामा भन्यो भने मैले के बुझ्छु ? अहिलेको सरकारमा विकास र परिवर्तनका कुरा मैले चाईनिज नबुझेजस्तै हो । ” उनले भने । आफुले विकासका कुरा गर्दा उखान टुक्काको संज्ञा नदिन उनले सबैसँग आग्रह गरे ।

gefont kp oli final1

कार्यक्रममा जिफन्ट अध्यक्ष विष्णु रिमाल लगायत नेताहरुले जनप्रनिधिहरुले सम्पूर्ण क्षेत्रमा मजदुरका आवाज उठाउनुपन,े मर्यादित श्रम,सामाजिक सुरक्षा, मजदुरको पहिचान लगायतका विषयमा जोड दिनुपर्ने बताएका थिए । कार्यक्रममा माधव न्यौपाने स्मृति अवार्ड,नुरु वाङ्छु स्मृति अवार्ड,गंगादेवी छात्रवृति,गंगादेवी स्वास्थ्य उपचार सहायता प्रदान गर्नुका साथै एमालेनिकट नेपाल ट्रेड यूनियन महासंघमा आबद्ध भएर स्थानीय तहमा विजयी करिब साँढे २ सय जनप्रतिनिधिलाई सम्मान गरिएको थियो ।

gefont kp oli

प्रकाशित मितिः २०७४ साउन ५

वि.सं.२०७४ साउन ५ बिहीवार १८:०३ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...