back
NMB ad

सत्तारुढ दलका कारण राजपा धरापमा ; सचिव ज्ञवाली

Kumari bank ad

भक्तपुर। ने.क.पा एमालेका सचिव प्रदिप ज्ञवालीले सत्तारुढ दल नेपाली काँग्रेस र ने.क.पा माओवादी केन्द्रले आसन्न २ नंम्बर प्रदेशको निर्वाचनमा आफ्नो भोट बैंक घट्ने आशंकाले राजपालाई निर्वाचनमा रणनीतिगत रुपमा ल्याउन नखोजेको आरोप लगाएका छन् ।

रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सचिव ज्ञवालीले ने.क.पा एमाले भने राजपालाई निर्वाचनमा ल्याउने पक्षमा भएपनि सत्तारुढ दलले राजपालाई निर्वाचनबाट टाढा राख्न खोजिरहेको बताए ।

उनले स्थानीय तहको निर्वाचनको स्मरण गर्दै भरतपुर घटनाका दोषी सरकारले कारवाही गर्न नसकेको आरोप लगाउनु भएको छ । उनले यस घटनामा अदालत समेत कही कतैबाट प्रभावीत भैरहेको आशंका समेत गरे ।

उनले सत्तारुढ दलकै कारण समयमै मन्त्रीमण्डल विस्तार हुन नसकेको भन्दै यो सरकारको कुनै औचित्य नभएको बताए । उनले एमाले संविधान संशोधन विरोध नभएको प्रष्ट पार्दै सचिव ज्ञवालीले सत्तारुढ दल एमालेसँगको सल्लाह बिनै मनोमानी रुपमा अघि बढेको बताए ।

तोकिएकै समयमा प्रदेश नं २ र अन्य २ तहको निर्वाचन हुनुपर्ने भन्दै उहाँले यी निर्वाचनमा पनि ने.क.पा एमाले पहिलो शक्तिका रुपमा उदाउने दाबी गर्नु भयो । निर्वाचन किस्ताबन्दीमा नभई प्रदेश र संसदको निर्वाचन एउटै समयमा गर्नुपर्ने भन्दै उनले यसका लागि एमाले तयार भएको बताए ।

प्रकाशित मितिः २०७४ साउन ९

वि.सं.२०७४ साउन ९ सोमवार १६:३९ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...