back
NMB ad

गायक एवं संगितकार बिनोद ढकालले ल्याए भ्यालेन्टिनो ! (हेर्नुहोस् भिडियो)

Kumari bank ad

काठमाडौ । पप गायन देखि फिल्मको प्लेब्याक गायन सम्म आफूलाई फराकिलो दायरामा प्रस्तुत गर्दै आएका गायक एवं सगितकार बिनोद ढकाल हट मोडल माला लिम्बुको अगाडी रोमान्टिक बनेका छन् । बिनोदको आफ्नै शब्द, संगीत र स्वरमा रहेको नयाँ डान्सिङ नम्बर भ्यालेन्टिनोको भिडियो युट्युव मार्फत रिलिज गरेका छन् ।

उकालीमा पनि हजुर मोटर जाँदो रैछ, मर्छु कि क्या हो गाँजा तानी तानी, भ्रुम भ्रुम लगायतका सफल गीत पस्किएका बिनोदले यस अघि बाजेले गितार बजाको बज्यै नाच्न लजाको बोलको म्युजिक भिडियो बजारमा ल्याएका थिए । बाजेले गितार बजाको म्युजिक भिडियोले राम्रो सफलता पाएपछि बिनोदले भ्यालेन्टिनो बजारमा ल्याएका हुन् ।

अहिले बजारमा ल्याएको भ्यालेन्टिनोले यस अघिका गीत भन्दा धेरै सफलता पाउने दाबी गर्दै ढकालले आफूले अरु भन्दा फरक स्वादका गीतहरु मात्र बजारमा ल्याउने र यसलाई श्रोता तथा दर्शकले मन पराउने बताए ।valantino1

२०६१ साल देखि गायन क्षेत्रमा हात हालेका ढकालले निशाना, मोक्ष, लालटिन, किङ, काुन्ठा लगतायत दर्जन बढी फिल्ममा र्याप, पप लगायतका स्वर र संगीत दिइसकेका छन् । यसपटक बजारमा ल्याएको भ्यालेन्टिनो बोलको गीतमा उनलाइ मिना सिंहले फिमेल भोकलमा साथ दिएकी छन् ।

माला लिम्बु र सुनिल श्रेष्ठले अभिनय गरेको म्युजिक भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका छन् । अमृत सुनुवारको छायाँकनमा तयार गीतको भिडियोलाई शुशील न्यौपानेले सम्पादन गरेका छन् । एशियन म्युजिकले बजारमा ल्याएको यो गीत युवा केन्द्रित रहेको छ ।

हेर्नुहोस् भिडियो

प्रकाशित मितिः २०७४ साउन १०

वि.सं.२०७४ साउन १० मंगलवार १२:२५ मा प्रकाशित

You can share this post!

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...