back
NMB ad

एउटै रुखबाट ३ लाख कमाउने भए श्रीखण्डको ब्यवसायिक खेतीतिर लाग्नुस् !

Kumari bank ad

डडेल्धुरा। जिल्लामा पहिलो पटक बहुमूल्य जडीबुटी श्रीखण्डको ब्यवसायिक खेती शुरु गरिएको छ। जिल्लाका विभिन्न गाउँपालिकाका कृषकले श्रीखण्डको बिरुवा उत्पादन गरेर खेती गर्न थालेका छन्।

नर्सरी स्थापना गरी श्रीखण्डका बिरुवा उत्पादन गर्न थालेको भागेश्वर गाँउपालिका–४ का खेमराज जोशीले बताए। उनले बगरकोटमा नर्सरी स्थापना गरेका छन्। जीवन निर्वाह गर्न बिरुवा उत्पादन गर्न शुरु गरेको हुँ, उनले भने। नर्सरीमा ५०० बिरुवा उमारेका जोशीले प्रतिबिरुवा ३०० का दरले बिक्री गर्न थालेका छन्। उनले भारतबाट बीउ ल्याई गत फागुनमा नर्सरी स्थापना गरेका हुन्।

एउटा रुख तयार हुन १० देखि १५ वर्ष लाग्छ। प्रति रुखबाट तीन लाखसम्म आम्दानी गर्न सकिन्छ। बाँझो जमिनलाई हराभरा बनाउन र आर्थिक रुपमा सबल बन्न श्रीखण्ड लगाउन थालेको जोशीको भनाइ छ।

श्रीखण्डको बिरुवा उत्पादनमा अजयमेरु गाउँपालिका भद्रपुरका उज्ज्वलदत्त पनेरु समेत सक्रिय छन्। धार्मिक पूजा र चन्दनका रुपमा मात्रै नभई श्रीखण्ड औषधिका रुपमा समेत प्रयोग गर्ने गरिन्छ। यसको महत्व बुझेपछि जिल्लाका अन्य ठाउँका किसानले समेत श्रीखण्ड रोप्न थालेका छन्।

बाँझो जमिनमा बिरुवा लगाउन थालेकी छु,अजयमेरुकी राजेश्वरी भट्टले भने। श्रीखण्डबाट हस्तकलाबा वस्तु, अगरबत्ती, पाउडर, तेल बनाउन प्रयोग गरिन्छ। पानीमा मिसाएर श्रीखण्ड खाएमा टाउको दुखेको, ज्वरो आएको, शरीरका भाग सुन्निएको, छालाको चिलाइ, लुतो, पिसाब पोल्ने, रगत बढी बग्ने, स्मरणशक्ति कमजोर भएका, छारे, मुटुरोग निको हुने बताइन्छ। रासस

प्रकाशित मितिः २०७४ साउन १०

वि.सं.२०७४ साउन १० मंगलवार १४:४१ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...