back
NMB ad

भारतीय बजारमा नेपाली बियर निर्यात् गरे नेपाललाई वार्षिक २ अर्ब नाफा; टाईगर ब्रुअरीका प्रबन्ध निर्देशक खड्का

Kumari bank ad

काठमाडौं । टाईगर ब्रअरीका प्रबन्ध निर्देशक तेजेन्द्रसिंह खड्काले नेपाली बियरहरुलाई भारतीय बजारमा निर्यातको लागि बाटो खुल्ला गरिदिन सरकारसँग आग्रह गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा सञ्चालन भएको पत्रकार सम्मेलनमा उनले यसो बताएका हुन् । विगत लामो समयसम्म भारतमा बसेर मदिराको कारोबार गरेका खड्काले भारतीय सरकारलाई १७ अर्ब मुल्य बराबरको राजश्व तिरेको स्मरण गर्दै विगत २ आर्थिक वर्षमा १ अर्ब २० करोड नेपाल सरकारलाई राजश्व तिरेको समेत जनाए ।

उनले भने,‘बरु प्रधानमन्त्री शेरबहादुर देउवाजीको आसन्न भारत भ्रमणका बेला नेपाल र भारतका बीचमा व्यापार सम्बन्धि प्रभावकारी सम्झौता गर्नको लागि प्रधानमन्त्री देउवाजीलाई म विशेष अनुसोध गर्दछु, त्यस्तै नेपाली बियरलाई भारत निर्यातकोलागि बाटो खोलि दिनको लागि पनि म प्रधानमन्त्रीज्यूलाई विशेष अनुरोध गर्दछु ।’

उनले नेपाली बियर भारतीय बजारमा निर्यात भए नेपाललाई वार्षिक २ अर्ब नाफा हुने समेत स्पष्ट पारे । उनले भने,‘भारतसँग असाध्यै धेरै व्यापार घाटा छ, त्यसैले नेपाली बियरहरुलाई भारतीय बजारमा समेत निर्यात गर्ने वातावरण बनोस्, नेगेटिभ लिष्टबाट हटाईयोस् भन्ने हाम्रो माँग हो।’

उनले भने,‘भारतमा बसेर पेशा व्यवसाय चलाई रहँदा मेरो मनमा स्वदेशमा गएर केही गरांै भन्ने लाग्दथ्यो, त्यही भएर म नेपालमा आएर टेन्सबर्ग नामक वियर कम्पनी खोलें, आज स्वदेशी उत्पादकको प्रयोग बढिरहेको अवस्था छ । त्यस्तै हामीले थुप्रै देशमा निर्यात गरेका छौँ, हाम्रो नजिकै रहेको भारतमा नेपाल सरकारले निर्यात गर्दा स्वदेशी कम्पनीलाई कर नलगाउने हो भने हामी भारतमा मात्रै २ अर्बभन्दा बढि मुल्यको बियर निर्यात गर्न सकिन्छ।’

प्रबन्ध निर्देशक खड्काले भने,‘स्वदेशको आर्थिक भारलाई कम गर्नको लागि लागिपरेका व्यवसायीलाई नचाहिने आरोप लगाएर खेद्ने चलन कदापी पनि राम्रो होईन, यस्तो स्थितिमा तथ्यहिन समाचार लेखेर हतोत्साहित बनाउनु भनेको पित पत्रकारिता हो ।’ उनले
आफू १२ वर्षको उमेरमा रोजगारीको लागि भारत गएको स्मरण गराउँदै भने,‘त्यहाँ केही समय बिताएँ, त्यसपछि आँफैले कम्पनी खोलेर बसें, भारत सरकारलाई आर्थिक बृद्धिमा सघाउ पुर्याएँ, भारतमा नेपालीहरू भाडा माझ्नेमात्रै काम गर्छन भन्ने कुरामा सत्यता छैन्, भारतमा बसेर धेरै नेपालीहरुले स्वरोजगार र व्यवसायमार्फत भारत सरकारलाई आर्थिक रुपमा माथि उठाउने काम गरेका छन।’
उनले भने,‘राज्यलाई ठगेर पैसा कमाउनु छैन्, आर्थिक दैनिक पत्रिकाले समाचार छापे अनुसार हामीले कुनै गल्ती गरेका छैनौ, सरकारलाई राजश्व तिरेका छौँ, रोजगारी सिर्जना गरेका छौँ, यसो गर्दा व्यापार घाटा कम हुनुपर्छ।’

आफ्नो कम्पनीले बजारमा ल्याएको टेन्सबर्ग बियरका बारेमा पछिल्लो समय छापिएको समाचार भ्रामक र गलत भएको समेत उक्त वियर कम्पनीले स्पष्ट पारेको छ । साउन ११ गते प्रकाशित कारोबार दैनिकको समाचार भ्रामक र चरित्र हत्या गर्ने हेतुले प्रकाशन गरिएकोमा आपत्ति प्रकट गरेको छ । उक्त पत्रिकामा प्रकाशित खबरले आफुलाई दुःखित तुल्याएको बताए ।

त्यस्तै कम्पनिका चार्टर एकाउण्टेन्ट सुधिर शर्माले राज्यलाई बुझाउन कुनैपनि राजश्व बाँकी नरहेको र वद्नियत तरिकाले संस्थालाई वेइज्जत गर्न खोजेको स्पष्ट पारे ।
आगामी आर्थीक वर्षमा ५ देखि १० अर्ब राजश्व सरकारलाई बुझाएर क्लिन कम्पनीका रुपमा देखाएर छोड्ने लक्ष्य आफूहरुले लिएको शर्माले बताए । उनले भने,‘आगामी दिनमा टेन्सवर्गको निर्यात भारतबाहेक अमेरिका, जापान, कोरिया लगायतका मुलुकमा गर्नेछौँ, बरु सरकारले यसमा हामीलाई साथ दिनुपर्छ ।’

नेपालमा उत्पादित नयाँ बियर कम्पनी टेन्सवर्ग वियरले यतिवेला नेपालि वजारमा राम्रो व्यापार गर्न थालेको छ । करिव १ अर्व भन्दा बढिको लगानीमा सुरु गरेको टाईगर ब्रुअरी ईन्डष्ट्रिज प्रा.लिले उच्च गुणस्तरका वियर नेपाली वजारमा पठाउन थालेको छ । कम्पनिले नेपालमा विदेशी वियरको आयात कम गरी भारत लगायतका माग वढि हुने देशमा वियर निर्यात गर्ने लक्ष्य लिएको प्रबन्ध निर्देशक खड्काले जनाए ।
रुपन्देहीको फर्सा्टिकटमा करिब ५ विघा क्षेत्रफलमा रहेको कम्पनिले मासिक ३ लाख काटुन वियर उत्पादन गर्ने खड्काले जानकारी दिए । नेपालको ७५ जिल्लामै खपत हुने टेन्सबर्ग बियरलाई नेपाली बियर ब्राण्डको रुपमा अन्तराष्ट्रिय स्तरमा परिचित गराउने लक्ष्य टाईगर ब्रुअरीले लिएको निर्देशक खड्काले बताए ।

बजारमा पाईने अरु बियरको तुलनामा टेन्सवर्ग बियर उच्च गुणस्तरिय तथा सस्तो भएकाले पनि नेपालमा यसको माग बढ्न थालेको कम्पनीको दाबी छ ।
टाईगर ब्रुअरीले टेन्सबर्ग, लन्डन आईस र नेपाल टाईगर गरी ३ प्रकारका बिरहरु उत्पादन गरी बजारमा ल्याइसकेकोे छ । नेपालमा विद्युत, कच्चा पदार्थजस्ता वस्तुहरु व्यवस्थित र सुलभ वनाइृदिने हो भने यस्ता उद्योगहरुले नेपाली वजारमा मात्रै नभएर विदेशी वियरसँग पनि प्रस्तिप्रर्धा गर्नुका सार्थै कामको लागि दिनहुँ विदेशिने हजारौ नेपालिलाई स्वदेशमै राजगारीको सम्भावना खड्काको विश्वास छ ।

प्रकाशित मितिः २०७४ साउन १२

वि.सं.२०७४ साउन १२ बिहीवार १९:२९ मा प्रकाशित

You can share this post!

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...