back
NMB ad

आ.ब २०७३/७४ मा एनएमबि बैंकको अब्बल प्रर्दशन

Kumari bank ad

वित्तिय परिणाम

काठमाडौं । एनएमबि बैंकले आ.व.२०७३/७४ को चौथो त्रैमासिकको एकिकृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार एनएमबि समुहले अघिल्लो आर्थिक वर्ष भन्दा खुद मुनाफा ३९.५ प्रतिशतले वृद्घि गरी रु. १ अर्ब ६१ करोड खुद मुनाफा हासिल गर्न सफल भएको छ ।

बैंकले आफ्नो संचालन मुनाफा ६० प्रतिशतले बृद्धि गरी यस आर्थिक वर्षमा रु. १ अर्ब ९८ करोड पुर्याएको छ । मुनाफाको मुख्य स्रोत गैर कोषमा आधारित आम्दानी र ट्रेजरी आम्दानी रहेको बैंले जनाएको छ । वित्तिय क्षेत्रमा देखिएको असहज बजार अवस्थामा पनि बैंकले हरेक त्रैमासिकमा लगातार सामान वित्तिय प्रदर्शन गरेको हो । बैंकको समिक्षा अवधिमा शेयरधनीको कोष ५५ प्रतिशतले बढेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । जुन ६.९१ अर्वबाट रु १०.७३ अर्व पुगेको छ । एनएमबि बैंकको कर्जा रु ६२.६ अर्व रहेको छ । जुन बिगत आ.व.२०७२/७३ का तुलनामा १५.५ प्रतिशत बढेको छ । साथै बैंकको निक्षेप परिचालन १३ प्रतिशतले बृद्दि भई रु ७३.२ अर्व पुर्याएको हो ।

अन्य उपलब्धीहरु

एनएमबि बैंकले नेपाली बैकिङ्ग इतिहासमै सबै भन्दा ठुलो बैदेशिक लगानी एफएमओ — नेदरलेण्डस् मार्फत भित्राएर एफएमओको लगानी २० प्रतिशत पु¥याएको छ । बैंकले २०७३ साल फागुन महिनामा नवौं बार्षिक ग्लोबल एलायन्स फर बैकिंङ्ग अन् भ्यालुज (जिएबिभि) सम्मेलनको आयोजना नेपालमा गर्न सफल भएको छ । सम्मेलनको मूल नारा “क्जषतष्लन तजभ ँShifting the Financial Paradigm – Courage to Act Together” लाई आत्मसाथ गर्दै जिएबिभिका सदस्यहरुले मुनाफालाई मात्र जोड नदिई दिगो बैकिङ्ग प्रणाली अपनाई ग्राहक लगायत जनताहरुलाई सर्व सुलभ किसिमले वित्तिय प्रणालीको धारमा ल्याउने तर्फ पहल गरेको छ । बैंकले आ.ब २०७३÷७४ को अन्य सम्ममा ८० शाखा ४ ऐक्टेन्सन काउन्टर र ६८ वटा ऐटिएम सेवा बिस्तार गरेको छ, भने बैंकको दुईवटा सहायक कम्पनीहरु एनएमबि क्यापिटल तथा एनएमबि लघुवित्त वित्तिय संस्था रहेको छ । बैंकले संचालन गरेको एक घर एक खाता अभियानले बैकिङ्ग पहुँचबाट टाढा रहेको जनताहरुलाई वित्तीय साक्षरता मार्फत बैकिङ्ग प्रणालीमा समाबेश गराउन सफल भएको छ । बैंकले साना तथा मझौला ब्यबसाय वर्गलाई लक्षित गरि संचालन गरेको “Channel Financing Program” ले ब्यबसायको हरेक खण्डमा लगानी बिस्तार गर्दै वित्तिय सुबिधाहरु प्रदान गरेको छ ।

१९ साउन २०७४

वि.सं.२०७४ साउन १९ बिहीवार १८:५५ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...