back
NMB ad

अमेरिका–रुसबीच ‘ट्रेड वार’ सुरु हुन खोजेको हो त ?

Kumari bank ad

अमेरिकाको नयाँ प्रतिबन्धमाथि रुसले कडा शब्दमा विरोध गरेको छ । रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेवले भनेका छन् कि रुसमाथि अमेरिकी प्रतिबन्ध पूर्ण रूपले ‘ट्रेड वार (व्यापार युद्ध) को घोषणासरह हो ।

मेदभेदेवले अगाडि भनेका छन् – डोनाल्ड ट्रम्पका तर्फबाट नयाँ प्रतिबन्धमाथि हस्ताक्षर गरिनुले देखाउँछ कि उनी कति लाचार छन् । रुसी प्रधानमन्त्रीले भने– अमेरिकी कंग्रेसले राष्ट्रपति ट्रम्पलाई अममानित गरेको छ ।

अमेरिकाको यस नयाँ प्रतिबन्धको उद्देश्य २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनमा कथित हस्तक्षेप तथा युक्रेनमा कारबाहीविरुद्ध रुसलाई दण्डित गर्नु रहेको बताइएको छ । ट्रम्पले कंग्रेसलाई यस प्रतिबन्धका लागि जिम्मेवार ठहर्याएका छन् । बुधबार नयाँ प्रतिबन्धमाथि हस्ताक्षर गरेपछि ट्रम्पले भनेका छन् कि यसको परिणाम अमेरिकाको हितमा हुनेछैन ।

अमेरिकाको यस नयाँ प्रतिबन्धपछि अमेरिकी लगानीकर्ताका लागि अब रुसी इनर्जी प्रोजेक्टमा लगानी गर्नु सहज हुनेछैन । यसका साथै अमेरिकी कम्पनीका लागि पनि रुसमा व्यापार गर्न निकै मुस्किल भएको छ । रुसका अतिरिक्त अमेरिकाले इरान तथा उत्तर कोरियाविरुद्ध पनि प्रतिबन्ध लगाएको छ ।

इरानले नयाँ अमेरिकी प्रतिबन्धमाथि प्रतिक्रिया दिँदै भनेको छ कि यो ओबामाको कार्यकालमा भएको परमाणु सम्झौताको उल्लंघन हो । इरानको अर्धसरकारी समाचार एजेन्सी इस्नाका अनुसार इरानले यस प्रतिबन्धको ‘जस्तालाई तस्तै’ जवाफ दिने बताएको छ । उता उत्तर कोरियाले चाहिँ नयाँ अमेरिकी प्रतिबन्धमाथि कुनै सार्वजनिक टिप्पणी गरेको छैन ।

रुसी प्रधानमन्त्री मेदभेदेवले बुधबार आफ्नो फेसबुक पेजमा लेखेका छन् कि अमेरिकाका तर्फबाट लगाइएको नयाँ प्रतिबन्धले त्यहाँ नयाँ सरकार आएपछि द्विपक्षीय सम्बन्ध सुधारको जुन अपेक्षा गरिएको थियो, अब त्यसको अन्त्य भएको छ । उनले आफ्नो पेजमा अगाडि लेखेका छन्— प्रतिबन्धात्मक शासन पद्धति स्थापित गरिएको छ । जबसम्म कुनै चमत्कार हुनेछैन, तबसम्म यसको असर आगामी कैयौं दशकसम्म कायम रहनेछ ।

मेदभेदेवले यो पनि चेतावनी लिएका छन् कि नयाँ अमेरिकी कदम राष्ट्रपति ट्रम्पलाई हटाउन सहयोगी सिद्ध हुनेछ । रुसले २०१६ मा अमेरिकी राष्ट्रपति निर्वाचनमा कुनै पनि प्रकारको हस्तक्षेप अस्वीकार गर्दै आएको छ । पछिल्लो साता रुसले मस्कोस्थित अमेरिकी दूतावासका ४ सय ५५ कर्मचारीलाई फिर्ता जान आदेश दिएको थियो ।

यस विषयमा जर्मनीसमेत कैयौँ युरोपेली देशले आर्थिक दुष्परिणामको आशंका गरेका छन् । यद्यपि युरोपेली युनियन कमिसनका अध्यक्ष जिन क्लाड युंकरले इयूको चिन्तापछि प्रतिबन्ध केही उदार बनाउनुलाई लिएर सन्तोष व्यक्त गरेका छन् । उनले भने— अमेरिकी कंग्रेसले यस विषयमा प्रतिबद्धता जनाएको छ, उसले सहयोगी देशसित छलफल गरेपछि मात्र सो प्रतिबन्ध लागू गर्नेछ । मलाई लाग्छ हामी अझै पनि अमेरिकाका सहयोगी हौँ ।

राष्ट्रपति ट्रम्पले यस विषयलाई लगातार खारेज गर्दै आएका छन् कि उनको निर्वाचन अभियानका स्टाफको रुससित कुनै साँठगाँठ थियो । राष्ट्रपति ट्रम्पले कंग्रेसमाथि बिल पास गर्ने कार्यमा मनोमानी गरेको आरोप लगाएका छन् । उनले कंग्रेसले संवैधानिक अधिकारको अतिक्रमण गरिरहेको पनि आरोप लगाएका छन् । उनले अगाडि भनेका छन् कि कंग्रेसको तुलनामा उनले बाहिरी देशसित बढी राम्रा सम्झौता गर्न सक्छन् ।

वासिङटनमा बिबिसी न्युजका एन्थनी जर्चरको आँकलन

ट्रम्पले रुसमाथि नयाँ प्रतिबन्धवाला बिलमाथि भलै हस्ताक्षर गरेका छन्, तर उनी खुसी छैनन् । यसबाट कंग्रेस र राष्ट्रपति ट्रम्पबीच प्रस्ट टकराव देखिएको छ । हेल्थकेयर बिलमा पनि ट्रम्पलाई कंग्रेसबाट कडा विरोधको सामना गर्नुपरेको थियो । अहिले पनि कंग्रेस र ट्रम्पबीचको तनाव प्रस्ट देखिन्छ ।

बीबीसीहिन्दी/नयाँ पत्रिका

प्रकाशित मितिः २०७४ साउन २०

वि.सं.२०७४ साउन २० शुक्रवार १४:१७ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...