back
NMB ad

माओवादी द्धन्दकालमा बन्द छोटी भन्सार अझै किन खुलेनन् ?

Kumari bank ad

मोरङ। माओवादी द्वन्द्वकालमा बन्द भएका मोरङका आधा दर्जन छोटी भन्सार कार्यालय अझै सञ्चालन हुन सकेका छैनन्। छोटी भन्सार सञ्चालनमा नआउँदा लाखौँ रुपैयाँको राजश्व खेर गइरहेको छ।

अवैध ओसारपसार नियन्त्रण गर्न सरकारले छोटी भन्सार कार्यालय स्थापना गरेको थियो। माओवादीले २०६० सालमा बम विस्फोट गराएपछि त्रासका कारण बन्द भएका मोरङका छोटी भन्सार कार्यालय सञ्चालनमा आउन  नसकेका  हो ।

मोरङको मधुमल्ला, झुर्किया, नोचा, बरडंगा, कदमाहा, र मझारेका छोटी भन्सार बन्द छन्। मोरङका ६ वटा भन्सार कार्यालयको काम सञ्चालन नहुँदा राजश्व खेर गइरहेको छ। विराटनगर भन्सार कार्यालय विराटनगरका निमित्त प्रमुख दिलीप केसीका अनुसार भारतीय प्रहरीले नाकामा कडाइ गरेकाले सो क्षेत्रको बाटो हुँदै भारतबाट सामान आयात नहुने भएकाले छोटी भन्सार सञ्चालन नगरिएको हो। बन्द भएका छोटी भन्सारले वार्षिक कति राजश्व असुली गर्थे भन्ने तथ्याङ्क छैन।

बन्द भएका छोटी भन्सार कार्यालय पुनः स्थापना नहुँदा सीमा क्षेत्रमा अवैध रूपमा सामान ओसार पसारमा वृद्धि हुँदै गएको स्थानीय सम्पत्तिलाल राजवंशीको भनाइ छ। उनले भने, दिनहुँ मझारेको छोटी भन्सारको बाटो हुँदै भन्सार नतिरी सामग्री लगिरहेका छन्, म हेरिरहन्छु तर कसैले मतलब गर्दैनन्। उनका अनुसार छोटी भन्सार सञ्चालन नहुँदा चोरी तस्करीले राजश्व गुमिरहेको छ। रासस

प्रकाशित मितिः२०७४ साउन २३

वि.सं.२०७४ साउन २३ सोमवार ११:५६ मा प्रकाशित

You can share this post!

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३७

दमौली : मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र...

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३०

काठमाडौँ, १६ वैशाख: मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...