back
NMB ad

हजार मान्छे तालमा पसेर ५० लाखका माछा लगे

Kumari bank ad

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा पर्ने पर्यटकीयस्थल नाढीमन तालमा रहेका माछा बुधबार स्थानीयले लगेका छन्। ५२ बिघामा फैलिएको तालको माछा बेचेर गाउँपालिकालाई करिब ५० लाख आम्दानी हुने अनुमान थियो। तर, स्थानीयले एकैपटक ताल खाली गराइदिएका छन्।

(तालको माछा चोरी भइरहेको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय केशरगन्ज र जिल्ला प्रहरी कार्यालय मलंगवाबाट प्रहरी खटिएको थियो। तालमा पुग्दा करिब हजार स्थानीयले धमाधम माछा निकाल्दै गरेको प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताए। पौडेलले भने, ‘हामीले सबैलाई भगायौँ। माछा मार्न चन्द्रनगरसहित छिमेकी गाउँका स्थानीयसमेत जम्मा भएका थिए।’

(नजिकै खेत भएका किसानले रोपाइँ गर्न पानी लगेकाले केही दिनदेखि तालमा पानी कम भएको थियो। तालमा पानी कम भएको मौकामा स्थानीयले माछा उठाएका हुन्। माछा मार्ने जाली मात्र होइन लामखुट्टेको झुल र तन्दासमेत बोकेर स्थानीय बासिन्दा माछा सोहर्न आएका थिए। यसमा ताल संरक्षण समितिका पदाधिकारी तथा स्थानीय बासिन्दाकै संलग्नता रहेको प्रहरीको भनाइ छ।

(गाउँपालिका कार्यालयले ठेक्का प्रक्रिया सुरु गरे पनि केही स्थानीयले अवरोध गर्दै आएको कार्यकारी अधिकृत मुकेशकुमार चौरसियाले बताए। ‘ठेक्का लगाउनका लागि पटक–पटक सूचना प्रकाशित गरिए पनि केही स्थानीयवासीको अवरोधका कारण ठेक्का लाग्न सकेको थिएन, अब त माछा नै खत्तम भए,’ उनले भने। जनार्जन खत्री÷नयाँ पत्रिका दैनिकबाट

प्रकाशित मितिः २०७४ साउन २६

वि.सं.२०७४ साउन २६ बिहीवार ०९:३९ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...