back
NMB ad

यु–१९ विश्वकप क्रिकेट सार्न माग

Kumari bank ad

पाकिस्तानी क्रिकेट अधिकारीले दक्षिण एसियाली छिमेकी भारतमा सुरक्षाको समस्या देखाउँदै यु–१९ क्रिकेट प्रतियोगिता तटस्थ स्थानमा आयोजना गर्न माग गरेका छन्। भारतले नोभेम्बरमा यु–१९ विश्वकपको आयोजना गर्दै छ।

पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले यसै हप्ता हुने एसियन क्रिकेट काउन्सिलको बैठकमा प्रतियोगिता अन्य स्थानमा सार्न विशेष रुपमा आवाज उठाउँने बताएको छ। प्रतियोगिता अन्य स्थानमा सार्न अपिल गर्ने पिसिबीका नाजम सेथीले बताए। उनले भने, शनिबार कोलम्बोमा हुने एसिसीको बैठकमा हामी यो बारेमा कुरा उठाउँछौं। मलाई लाग्छ प्रतियोगिता भारत र पाकिस्तानबाहेक अन्य जुनसुकै सुरक्षित स्थानमा आयोजना गर्न सकिन्छ।

राजनीतिक तनावका कारण सन् २००७ देखि छिमेकी कट्टर प्रतिद्वन्द्वी मुलुक पाकिस्तान र भारतले औपचारिक शृङ्खला खेलेका छैनन्। तर सन् २०१२–१३ मा पाकिस्तानले केही सीमित ओभरको शृङ्खलाका लागि भारत भ्रमण गरेको थियो। त्यसयता दुवै देशले औपचारिक खेल खेलेका छैनन्। सुरक्षाको कारण देखाउँदै सन् २०१३ महिला विश्वकप भारतबाट अन्य स्थानमा सार्न दबाब दिइएको थियो। प्रतियोगितामा पाकिस्तानको सहभागिताका विरुद्धमा प्रोटेस्ट गरिएको थियो। सोही वर्ष पाकिस्तानी खेलाडीलाई भारतको हक्की लिगबाट हटाइएको थियो।

सन् २०१६ को जुनियर विश्वकपमा भिसाको समस्याका कारण आफ्नो टोलीको सहभागितामा समस्या आएको पाकिस्तानले बताएको छ। यसै वर्ष भारतमा भएको स्क्वास प्रतियोगितामा पनि भिसाका कारण पाकिस्तान खेलाडी भाग लिनबाट वञ्चित भएका थिए। पाकिस्तान क्रिकेट बोर्डले आफ्ना खेलाडी खेल्नबाट वञ्चित भएको कुरामा भारतविरुद्ध कानुनी कारबाहीका लागि अपिल गर्ने समेत बताएको छ।

पाकिस्तान र भारतबीच २०१४ देखि २०२३ सम्म सिनियर टोलीको मुख्य ६ शृङ्खला खेल्ने योजना थियो। जुन पूरा हुन सकेको छैन। त्यसको क्षतिपूर्तिको बारेमा पनि पाकिस्तानले अपिल गरिरहेको छ। सन् २०१५ मा पहिलो शृङ्खला स्थगित भएको थियो। दोस्रो शृङ्खला यसै वर्षको नोभेम्बर–डिसेम्बरमा छ। पाकिस्तान क्रिकेट बोर्डले यसै साता १० लाख डलर कानुनी रूपमा क्षतिपूर्ति दाबी गरेको थियो।

प्रकाशित मितिः २०७४ साउन २६

वि.सं.२०७४ साउन २६ बिहीवार १०:०६ मा प्रकाशित

You can share this post!

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:३३

काठमाडौँ, १७ वैशाख : विगत केही दिनदेखि देशका अधिकांश भू–भागको...

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल ग्रीन आवास कर्जा’, स्थिर ब्याज दरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल ग्रीन आवास कर्जा’, स्थिर ब्याज दरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:२७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा...

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:१६

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा...

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...