back
NMB ad

सापकोटाको अध्यक्षतामा स्वरोजगार व्यापार श्रमिक संघ

Kumari bank ad

काठमाडौ । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) आबद्ध नेपाल स्वरोजगार व्यापार श्रमिक संघको पाँचौं राष्ट्रिय अधिवेशनले कुमार सापकोटाको अध्यक्षतामा १९ सदस्यीय नयाँ कमिटि निर्विरोध निर्वाचित गरेको छ । संघको उपाध्यक्षमा जनार्दन पराजुली र माया गुरुङ निर्बिरोध भएका छन् । यस्तै महासचिवमा राजकुमार श्रेष्ठ,उपमहासचिव कमला दाहाल,सचिवहरुमा कमला आचार्य र इन्द्रबहादुर बस्नेत निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा प्रदेश नं १ बाट कृष्णप्रसाद घिमिरे र सावित्रा खड्का,प्रदेश नं २ बाट कमल पौडेल र शिला झा,प्रदेश नं ३ बाट भवानीप्रसाद शर्मा, सिता रिजाल र तिलकबहादुर खड्का,प्रदेश नं ४ बाट उमाराज बास्तोला,प्रदेश नं ५ बाट दिलबहादुर गुरुङ,प्रदेश नं ६ बाट लक्ष्मीकुमारी ज्ञवाली र प्रदेश नं ७ बाट खड्गबहादुर रोक्का मगर र बासुदेव दाहाल निर्वाचित भएका छन् ।

अध्यक्षमण्डलका अध्यक्ष एवं जिफन्टका महासचिव विष्णु लम्सालले नवनिर्वाचित कमिटिलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउँदै स्वरोजगार व्यापार श्रमिकका हक अधिकार स्थापित गराई अगाडि बढ्न नवनिर्वाचित कमिटिलाई सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।

यस्तै कार्यक्रममा साँसद चुडामणि जंगली, जिफन्ट उपमहासचिव एवं प्रदेश ३ का संयोजक जनक चौधरी,जिफन्टका सचिव एवं प्रदेश नं १ का संयोजक दिपक पौडेल, जिफन्टका सचिवहरु दिनेश राई, बेलीमाया घले, प्रदेश नं ३ का सचिव रामहरि नेपाल, क्यूपेक नेपालका अध्यक्ष नरनाथ लुँटेल लगायतले नवनिर्वाचित कमिटिलाई बधाई ज्ञापन गरेका थिए ।

प्रकाशित मितिः २०७४ साउन २६

वि.सं.२०७४ साउन २६ बिहीवार १७:३५ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...