back
NMB ad

भारतमा पहिलो पटक दक्षिण एशियाली युवा सम्मेलन हुँदै

Kumari bank ad

काठमाडौ। अन्तर्राष्ट्रिय युवा समितिको आयोजनामा पहिलो पटक दक्षिण एशियाली युवा सम्मेलन हुने भएको छ । रपोर्टर्स क्लब नेपालमा समितिले पत्रकार सम्मेलन गरेर पहिलो पटक भारतको उडिसा राज्यको भुवनेश्वर शहरमा आगामी सेप्टेम्बर १७ देखि २१ सम्म गर्न लागेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा समितिका अध्यक्ष डा.केके सिंहले दक्षिण एशियाका युवाहरुलाई युवाको समस्या समाधानका लागि आठ वटै देशका युवामन्त्रीलाई राखेर सम्मेलन आयोजना गर्न लागेको जानकारी दिए ।
युवा समस्या, संस्कृति, पर्यटन, संयुक्त राष्ट्र संघले अवलम्वन गरेको दिगो विकास लक्ष्य, शान्ति, पूर्वाधार विकास लगायतका बारेमा छलफल हुनेछ । सम्मेलनमा समितिका नेपाल शाखा अध्यक्ष राज कट्टेलले नेपालबाट युवा तथा खेलकुदमन्त्रीसहित ३० जनाको सहभागिता रहने जानकारी दिए ।
समितिका नेपाल शाखाका संयोजक अभिषेक पौडेलले सम्मेलनमा मन्त्रीका साथै सि.एन.एन वर्ष हिरो अवार्ड विजेता अनुराधा कोइरालाको समेत उपस्थिती हुने बताइएको छ । उनले दक्षिण एशियामा देखिएका युवाको समस्यालाई सम्मेलनमा दह्रो रुपमा प्रस्तुत गरिने बताए ।
सम्मेलनमा दक्षिण एशियाका ८ देशका ४०० युवाको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।
प्रकाशित मितिः २०७४ साउन २६

वि.सं.२०७४ साउन २६ बिहीवार १८:१९ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...