काठमाडौ। टिभिएस मोटरको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले टिभिएिस स्ट्राइकर १२५ मोटरसाइकल सार्वजनिक गरेको छ । नयाँ मोटरसाइकलको विक्रि सुरुवातसँगै नेपाली बजारमा टिभिएस मोटरको प्रभाव अझ बलियो हुने विश्वास कम्पनीले गरेको छ ।
जगदम्बा मोर्टसका प्रवन्ध निर्देशक शाहिल अग्रवाल तथा नायक निखिल उप्रेतले नयाँ मोटरसाइकलको काठमाडौमा सार्वजनिक गरे । टिभिएस स्ट्राइकर कम इन्धन खपतमा उच्च क्षमतामा चल्ने हुँदा नेपाली बाटोमा उपयुक्त हुने विश्वास कम्पनीको छ । यसमा भएका विशेषताले नेपालका ग्राहकलाई सन्तुष्टि दिने र मन जित्ने टिभिएस मोटरका उपाध्यक्ष आर. दिलिपले बताए।
ईको थ्रष्ट इन्जिनयुक्त यो मोटरसाइकलले आठ हजार आरपिएममा ८.१ केडब्लु शक्ति प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ। यो मोटरसाइकलले एक लिटर पेट्रोलमा ६७ किलोमिटर माईलेज दिने दावी पनि कम्पनीको छ ।
बेग्लै ट्याङ्क आकार र रङ्गहरुको मिश्रणले मोटरसाइकललाई अझ आकर्षक बनाएको पनि कम्पनीको भनाई छ । मोटरसाइकलको टेल ल्याम्प एलइडि छ भने यो डिजिटल स्पीडोमिटर युक्त रहेको कम्पनीले जानकारी दिएको छ ।
ट्युवलेस टायर, डुअल प्याडेड सीट, ह्याजार्ड ल्याम्प, पास बाई स्वीच, राटो पेटल फ्रन्ट डिस्क ब्रेक, एलमिनियम फुट पेग र मोटरसाइकलमा उज्यालो हेडल्याम्प जडान गरिएको पनि कम्पनीले जानकारी दिएको छ। हाइड्रोलिक स्प्रिङ्ग सस्पेन्सन तथा प्रेसर डाईकास्टेड एलुमिनियम फुटरेष्टले मोटरसाइकल चालकलाई आरामदायी यात्रा दिने दावी कम्पनीको छ ।
ईलेक्ट्रिक स्र्टाटको विकल्प छनोट रहेको टिभिएस स्ट्राइकरको मूल्य एक लाख ७४ हजार नौ सय रुपैयाँ रहेको र बजारमा तीन रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
प्रकाशित मितिः २०७४ साउन २७
वि.सं.२०७४ साउन २७ शुक्रवार १०:२२ मा प्रकाशित