
काठमाडौ । मेगा बैंकले ६५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले १०० रुपैंया अंकित २ अर्ब ९७ करोड ८५ लाख ३ हजार ४६३ रुपैयाँको अर्थात् २ करोड ९७ लाख ८५ हजार ३४.६३ कित्ता हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको हो । साउन २६ गते बैंकले उक्त अनुमति पाएको हो ।
यसमा बिक्री प्रबन्धकको काम नलिब इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले गर्नैछ । राष्ट्र बैंकले तोकेको ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन बैंकले हकप्रदको बाटो रोजेको हो । मेगाको अहिलेसम्म चुक्ता पुँजी ४ अर्ब ५८ करोड २३ लाख १३ हजार रुपैयाँ छ । यसमा ६५ प्रतिशत हकप्रदपछि बैंकको चुक्ता पुँजी ७ अर्ब ५० करोड रुपैयाँभन्दा बढी हुनेछ ।
प्रकाशित मितिः २०७४ साउन २७
वि.सं.२०७४ साउन २७ शुक्रवार ११:२४ मा प्रकाशित