back
NMB ad

  नेपाल र चीनबीच तीन महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर हुँदै

Kumari bank ad

काठमाडौं । चिनियाँ उपप्रधानमन्त्री वाङ याङको जारी नेपाल भ्रमणको क्रममा तीन मुख्य विषयमा सम्झौता हुने भएको छ ।

पुनर्निर्माणका लागि एक अर्ब चिनियाँ आरएमबी अनुदान सहयोग सम्झौता हुँदैछ । आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा पनि सम्झौता हुने छ ।
पेट्रोलियम पदार्थ, ग्याृस र खानी अन्वेषणका लागि चीनले सर्वेक्षण गर्नेसम्बन्धी समझदारीपत्रमा समेत हस्ताक्षर हुँदैछ । यसका साथै नेपालमा चिनियाँ लगानी भित्र्याउनेसम्बन्धी समझदारीपत्रमा समेत नेपाल र चीनले हस्ताक्षर गर्नेछन् ।

चीनले डोक्लामा मुद्दामा नेपालको तटस्थता कायमै रहोस् भन्ने चाहना राखेको छ । जानकार कूटनीतिक स्रोतका अनुसार, नेपालले डोक्लाम मुद्दामा यतिबेला लिएको पोजिसनलाई चीनले सकारात्मक रुपमा लिएको छ ।

नेपालले डोक्लाम मामिलामा तटस्थता कायमै राखोस् भन्ने आग्रह गर्नु पनि चिनियाँ उपप्रधानमन्त्री वाङ याङको जारी नेपाल भ्रमणको एउटा एजेन्डा रहेको भ्रमणबारे जानकार एक कूटनीतिक अधिकारीले बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा डोक्लाम समस्याबारे छलफल तथा भ्रमणपछि आउने संयुक्त वक्तव्यमा उल्लेख नहोस् भन्ने चिनियाँ चाहना देखिएको अधिकारीहरुले बताए । आजको अन्नपूण दैनिकमा खबर छ ।

प्रकाशित मितिः २०७४ साउन ३१

 

 

वि.सं.२०७४ साउन ३१ मंगलवार ०८:१२ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...