काठमाडौ। नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको लाइसेन्सिङमा पूर्ण रुपमा रोक लगाएको छ। मंगलबार निर्देशन जारि गर्दै अब ती जिल्लामा पनि लाइसेन्स रोक्ने निर्णय गरेको हो। यसअघि १० जिल्लामा लाइसेन्सिङ खुला थियो।
राष्ट्र बैंकले ६५ जिल्लामा लाइसेन्स रोके पनि वित्तीय पहुँच नपुगेका मनाङ, जुम्ला, डोल्पा, कालिकोट, मुगु, जाजरकोट, बझाङ, बाजुरा र दार्चुलामा लाइसेन्स खुला राखेको थियो।
सबै स्थानीय तहमा बाणिज्य बैंक वा विकास बैंकका शाखा पुग्ने भएपछि राष्ट्र बैंकले लघुवित्तको लाइसेन्स रोकेको हो।
प्रकाशित मितिः २०७४ साउन ३२
वि.सं.२०७४ साउन ३२ बुधवार ११:०२ मा प्रकाशित