back
NMB ad

आइएमई लाइफ इस्योरेन्स कम्पनीको व्यवसाय शुभारम्भ

Kumari bank ad

काठमाडौं । आइएमई लाइफ इस्योरेन्स कम्पनी लिमिटेडको व्यवसाय (कारोवार) शुभारम्भ भएको छ । बीमा समितिका अध्यक्ष श्री चिरञ्जीवी चापागाँईज्यूले बिहिबार काठमाडौंमा आयोजित एक विशेष समारोहकामा शुभारम्भ गरेका हुन् ।

बीमा समितिबाट २०७४ असार २० गते यस लाइफ इस्योरेन्सले कारोवार संचालन गर्न अनुमति प्राप्त गरेको थियो । अनुमति पाएको छोटो समयमै यस लाइफ इस्योरेन्सलेकारोवार शुभारम्भ गरेको छ । कम्पनीको रजिष्टर्ड तथा कर्पोरेट कार्यालय लैनचौरस्थित हाथवे कम्पेलक्सको पहिल्लोतल्लामा स्थापना गरि कारोवार शुभारम्भ गरेको हो ।

बीमा समितिका अध्यक्ष श्री चिरञ्जीवी चापागाँईज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न शुभारम्भ कार्यक्रमको सभापतित्व आइएमई लाइफ इस्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष डा. रामहरि अर्यालले गरेका थिए ।

आइएमई लाइफ इस्योरेन्स कम्पनी लिमिटेडको अनुसार कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिषंघका अध्यक्ष हरिभक्त शर्मा,नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठ, आइएमई गु्रपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, आइएमई गु्रपका प्रबन्धनिर्देशक हेमराज ढकाल, नेपाल बीमक संघका कार्यवाहक अध्यक्ष दिप प्रकाश पाण्डेले कारोवार शुभारम्भकोअवसरमा शुभकामना प्रदान गरे । कार्यक्रममा आइएमई लाइफ इस्योरेन्सका महाप्रबन्धक राकेश पोखरेलले आमन्त्रित अतिथीहरुलाईस्वागत गरेका थिए ।

कार्यक्रमलाई संबोधन गर्दै बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले आइएमई लाइफ इस्योरेन्स कम्पनी लिमिटेडले पछिल्लो पटक संचालन अनुमति प्राप्त इस्योरेन्स कम्पनीहरुमध्ये सबैभन्दा पहिला सेवा शुभारम्भ गरेकोमा बधाई तथा सफलताको
शुभकामना व्यक्त गरे ।

प्रकाशित मितिः २०७४ भाद्र २

वि.सं.२०७४ भदौ २ शुक्रवार ११:५७ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...