back
NMB ad

नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य निर्वाचित

Kumari bank ad

काठमाडौ। नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य निर्वाचित भएका छन् । प्रदेश केन्द्रीय सदस्यमा मिश्रित परिणाम आए पनि पदाधिकारीमा आचार्य प्यानलका सबै उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा निर्वाचित आचार्यले उनका निकटतम प्रतिद्धन्दी तीर्थ कोइरालालाई एक सय पाँच मत अन्तरले पराजित गरे । आचार्यले ७३२ र कोइरालाले ६२७ मत पाए ।
अध्यक्ष पदका अर्का प्रत्यसी उजिर मगरले ५४, इन्द्रबहादुर राउतले २० र भावना विद्रोहीले ६ मत पाए ।

खुला उपाध्यक्षमा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलिप थापामगर, महासचिवमा रमेश विष्ट र खुला सचिवमा रामप्रसाद दाहाल विजयी भएका छन् । महिला सचिवमा लक्ष्मी पुन, आदिवासी जनजाती सचिवमा उदय जीएम, मधेसी सचिवमा शीतलप्रसाद महतो, दलित सचिवमा रेमबहादुर विश्वकर्मा, एशोसियट सचिवमा प्रकाश थापा र कोषाध्यक्षमा राजेश मिश्र निर्वाचित भए ।

यसैगरी लेखा समिति संयोजकमा रोशन पुरी विजयी भए । लेखा समिति सदस्यहरुमा मिरा राजभण्डारी र भुपेन्द्र आचार्य विजयी भए ।

प्रदेशबाट निर्वाचित भएकाहरुको सूची भने राती नै सार्बजनिक भइसकेको थियो ।

को को छन् त प्रदेशबाट निर्वाचित हमुनेहरु ?

प्रदेश नम्बर १

सटेन्द्र जबेगु
उद्धव तिमिल्सिना

प्रदेश नम्बर २

देवराम यादव
शैलेन्द्र झा

प्रदेश नम्बर ३

द्वारिका काफ्ले
कृष्ण गिरी

प्रदेश नम्बर ४

रामकृष्ण ज्ञवाली
नवीन कुइँकेल

प्रदेश नम्बर ५

बसन्त गिरी
पुरुषोत्तम सुवेदी

प्रदेश नम्बर ६

कलेन्द्र सेजवाल
पुर्ण प्रसाद चौलागाईं

प्रदेश नम्बर ७

मीन बम
उत्तर विष्ट र श्याम भट्टको ४५–४५ बराबर मत ।

काठमाडौं उपत्यका

लेखनाथ न्यौपाने
गोबिन्द चौलागाईं

प्रतिष्ठान तर्फ

टिकाराम प्रधान
यम बिरही

अहिले खुला केन्द्रीय सदस्यहरुको मतगणना जारी छ ।

प्रकाशित मितिः २०७४ भदौ ६

वि.सं.२०७४ भदौ ६ मंगलवार १०:२२ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...