back
NMB ad

पर्यटन प्रबद्र्धनात्मक कार्यक्रम लिएर सोट्टो–नेपाल अन्तर्राष्ट्रिय सेल्स मिसनमा निस्कंदै

Kumari bank ad

काठमाडौ । विगत वर्षहरुको मलेसिया,सिंगापुर,भारत,रसिया लगायत देशको सफलतापूर्वक सेल्स मिसन सम्पन्न गरेको पर्यटन क्षेत्रको महत्वपूर्ण संस्था सोसाईटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल(सोट्टो–नेपाल) सेल्स मिसनको नयाँ गन्तव्य देशमा जाने अन्तिम तयारीमा जुटेको छ । संस्थाले थाईल्याण्ड,कम्बोडिया,भियतनाममा नयाँ सेल्स मिसन अगाडि बढाएको हो ।

नेपाल पर्यटन बोर्ड, नेपाल एयरलाईन्स, नेपाली दूताबास बैंककको सहयोगमा सोट्टो–नेपालका २० जना पर्यटन व्यवसायीहरु, पर्यटन बोर्डका प्रतिनिधि, नेपाल एयरलाईन्सका प्रतिनिधि लगायत विभिन्न पर्यटन संस्थाका प्रतिनिधिसहित पर्यटन क्षेत्रका ३० जना प्रतिनिधिहरुको सहभागिता रहनेछ । सेल्स मिसन सेप्टेम्बर ८ देखि १५ सम्म संचालन हुने सोट्टो–नेपालका उपाध्यक्ष मधुसुदन उपाध्यायले जानकारी दिए । विशेषत थाईल्याण्ड,कम्बोडिया,भियतनाम लगायत देशमा भएका बुद्धिष्ट पर्यटकलाई नेपाल आकर्षित गराउने पर्यटन प्रबद्र्धनात्मक कार्यक्रम लिएर यसपालीको सेल्स मिसन अगाडि बढाएको उपाध्यायले बताए ।

सोट्टो–नेपालले यसअघि आन्तरिक पर्यटन प्रबद्र्धनका शिलशिलामा देशका विभिन्न भागमा आन्तरिक पर्यटक आकर्षित पार्ने विभिन्न प्रबद्र्धनात्मक कार्यक्रमहरु पनि सफलतापूर्वक संचालन गरिसकेको छ ।

प्रकाशित मितिः २०७४ भदौ ९

वि.सं.२०७४ भदौ ९ शुक्रवार ११:०९ मा प्रकाशित

You can share this post!

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...