back
NMB ad

एनआरएनए इटालीको महिला प्रतिनिधिमा रामकला पन्थ निर्विरोध !

Kumari bank ad

काठमाडौं । गैर आवासिय नेपाली संघ (एनआरएनए) इटालीको महिला प्रतिनिधिमा रामकला पन्थ निर्विरोध निर्वाचित भएकी छिन् । सन् २०११ मा कामदार भिषामा युरोप पुगेकी उनी साहित्य र समाज सेवामा रुचि राख्छिन् । समसामयिक विषयमा लेख रचना सृजना गर्ने पन्थ डेढ वर्षदेखि अर्थतन्त्रडटकममा युरोप र आसपासका समसामयिक विषयमा लेख तथा फिचर लेख्दै आएकी छिन् । समाज शास्त्र र मानव शास्त्रमा स्नातकोत्तर गरेकी पन्थ नेपालमा छँदा विद्यालय तथा कलेजमा शिक्षण पेशामा आवद्ध थिइन् । उनी समाजको सन्तुलित विकासका लागि महिलाको क्षमताको पहिचान र विकास अपरिहार्य हुनु पर्नेमा आफ्ना विचारहरु राख्दै आएकी छिन् । महिला प्रतिनिधि निर्वाचित भएपछि खास गरी एनआरएनमा आवद्ध महिलाको सशक्तिकरणमा जोड दिने बताउँछिन् ।
शनिबार सम्पन्न निर्बाचनबाट महिला प्रतिनिधि पन्थ सहित उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, युवा प्रतिनिधि र चार जना कार्यसमिति सदस्य निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्ष, महासचिव र आइसिसि प्रतिनिधिमा भने निर्वाचन भएको हो ।
निर्विरोध हुनेमा उपाध्यक्षमा देवराज गुरुङ, सचिवमा झिम नारायण चापागाईं, कोषाध्यक्षमा अशोक उप्रेति युवा प्रतिनिधि फजिल अहमेद, महिला प्रतिनिधि रामकला पन्थ र कार्यसमिति सदस्यहरु प्रकाश महर्जन, सुजन कुमार बुढाथोकी, सबिन कुमार श्रेष्ठ र सुदिप अधिकारी रहेका छन् ।
अध्यक्षमा राजन चापाईं र दिपेश कुमार रेग्मी,   महासचिवमा ईन्द्रप्रसाद सुवेदी र छविलाल कंडेल र आईसिसि प्रतिनिधिमा क्षेत्र कुमार श्रेष्ठ र हेमराज जोशी प्रतिस्पर्धामा छन् ।
करिव २२ सय नेपाली कार्यरत इटालीमा एनआरएनएमा ६ सय सात जना सदस्य रहेका छन् । इटालीभर पाँच वटा केन्द्रमा गरिएको मतदानमा ५ सय २६ मत खसेको छ । प्राप्त जानकारी अनुसार रोममा १८४, भेनिसमा ८२, पिसामा ७४, मिलानमा ९९ र पार्मामा ८७ मत खसेको छ । निर्वाचन भएका पदहरुको मत गणना कार्य चलिरहेको छ । मत परिणाम आए पछि केहीबेरमै महाविधेशन सम्पन्न हुने आयोजकले जनाएको छ ।
प्रकाशित मिति : ११ भदौ २०७४

वि.सं.२०७४ भदौ ११ आइतवार १२:३५ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...