back
NMB ad

मनाङमा मोटरबाटो पुगेसँगै जोखिम मोल्दै सवारी चालक

Kumari bank ad

मनाङ । नेपालकै महत्वपूर्ण पर्यटकीय क्षेत्रमध्येको अन्नपूर्ण पदमार्ग आफैँमा जोखिम छ । बेँसीशहरबाट मनाङसम्म ९० किमी रहेको बेँसीशहर–चामे सडक पूरै कच्ची छ । मनाङ जिल्लामा मोटरबाटो पुगे पनि कच्ची सडकका कारण यात्रा सहज हुन सकेको छैन ।

चालकले आफ्नो ज्यान जोखिममा राखेर यात्रुलाई गन्तव्यसम्म पुराउने गर्छन् । जोखिम मोलेरै भए पनि आफूले यहाँका जनता र पर्यटक यात्रुलाई सेवा दिइरहेको बताउँछन् चालक नेत्रबहादुर थापा । वर्षाको समयमा बाटोमा आएका पहिरो र खहरे खोलाको भेलले आवतजावतमा कठिनाइ पर्दासमेत चालकले सेवा दिँदै आएको बताउँछन् अर्का सवारी चालक सन्तबहादुर । विगतको तुलनामा अहिले सवारी साधन चलाउन सहज भए पनि बीचबीचका खोलामा पुल नहुँदा सास्ती भोग्नु परेको उनीहरुको भनाइ छ ।

मनाङको बाटो आफैँमा कठिन छ त्यसमा पनि ठाउँ ठाउँमा भएका खहरे खोलामा पक्की पुल नहुनु र भएका काठका पुल पनि बगाउने समस्याले वर्षैपिच्छे यस्तो सास्ती झेल्नुपरेको हो ।
हिउँदमा बढी चिसो हुने हुँदा हिउँ जमेर खोला सुक्छन् र बाटो सहज हुन्छ । बर्खामा भने हिउँ पग्लिएर खोलामा बाढी आउने हुनाले बेँसीशहरबाट मनाङ आउने र मनाङबाट बेँसीशहर जाने यात्रु दिनैपिच्छे खोलाको किनारमा अड्किएर बस्नु परेको र दूरी छोटो भए पनि बाटोका कारण मनाङ पुग्न दुईदिन लाग्ने बताउँछन् चालक बुद्धकुमार घिसिङ ।

नेपालकै महत्वपूर्ण पर्यटन क्षेत्र अन्नपूर्ण पदमार्गले परिचित यस मनाङ जिल्लामा पर्यटनको आवतजावतमा परेको कठिनाइले स्थानीय तहदेखि सरकारसमक्ष पटक पटक पहल गर्दा पनि मुख्य असजिलो ठाउँमा बाटोको स्तरोन्नति नहुँदा कठिन यात्रा गर्न बाध्य भएपछि छन् यहाँ आउने पर्यटक । रासस

फाईल फोटो

प्रकाशित मितिः २०७४ भदौ १२

वि.सं.२०७४ भदौ १२ सोमवार १३:३५ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...