back
NMB ad

भदौ २७ गतेदेखि ९ लाख ७५ हजार कित्ता एफपिओ निष्काशन हुदै

Kumari bank ad

काठमाडौ । नेपाल ग्रामीण विकास बैंकले भदौ २७ गतेदेखि एफपिओ निष्काशन गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ सय रुपैँयाँका दरको ९ लाख ७५ हजार कित्ता एफपिओ निष्काशन गर्न लागेको हो ।

एफपिआको विवरणपत्र सेयर विक्री प्रबन्धक प्रभु क्यापिटल तथा ग्रामिण विकास बैंकको केन्द्रीय कार्यालय बुटवलबाट प्राप्त गर्न सकिनेछ ।

धितोपत्र बोर्डले चालु आर्थिक वर्षको सुरुवातसँगै अनिवार्य आस्वा प्रणाली मार्फत मात्र आवेदन गर्ने व्यवस्था गरेकाले एफपिओमा बोर्डबाट आस्वा सेवामा सहभागि बैंक तथा वित्तिय संस्था र तीनका शाखा कार्यालयबाट भदौ ३० गतेसम्म ७५ जिल्लाबाट नै आवेदन गर्न सकिन्छ । आवश्यक माग नपरेमा भने बैंकले असोज १० गतेसम्म एफपिओ खुला गर्न सक्नेछ ।

राष्ट्र बैंकको व्यवस्था अनुसार बैंकमा सर्वसाधारण तर्फको सेयर अनुपात कम्तिमा ३० प्रतिशत हुनु पर्ने भएपछि एफपिओ निष्काशन गर्न लागेको हो ।
बैंकको एफपिओलाई इक्रा नेपालले ग्रेड ४ प्लस रेटिङ दिएको छ । ग्रेड फोर प्लस रेटिङले बैङ्ककोे आधारभूत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।

एफपिओ जारी गरेपछि बैंकको चुक्तापूँजी ९ करोड ७५ लाख रुपैयाँ थपिनेछ । हाल बैंकको पूँजी ५५ करोड ७५ लाख रुपैँया रहेको छ । एफपीओ निष्काशनपछि कम्पनीको पूँजी ६५ करोड ५५ लाख रुपैँया पुग्नेछ ।
प्रकाशित मितिः२०७४ भाद्र १६

वि.सं.२०७४ भदौ १६ शुक्रवार १३:०३ मा प्रकाशित

You can share this post!

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै   

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै   

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:५७

काठमाडौँ, १९ वैशाख: घरेलु टोली नेपालले तेस्रो टी—२० खेलमा वेस्ट...

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:३०

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र युनाइटेड ट्रेडर्स सिन्डिकेट...

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...