back
NMB ad

नेपालमा कुष्ठरोग प्रभावितको संख्या २ लाख, उपचार गरे निको हुने

Kumari bank ad

काठमाडौँ । नेपालमा कुष्ठरोग प्रभावितको संख्या २ लाख पुगेको छ । सबै भन्दा बढी कुष्ठरोगी धनुषामा रहेका छन् । यस्तै बाँके, बर्दिया, पर्सा, झापा, नवलपरासी, बारा लगायतका १८ वटा जिल्लामा कुष्ठरोग धेरै भएका जिल्लामा पर्दछन् ।

हिमाली ६ वटा जिल्लामा भने कुष्ठरोगी फेला परेका छैनन् । कुष्ठ रोग महिला, पुरुष, समलिंगी तेस्रोलिंगी जो कोहीलाई पनि हुने भन्दै सरोकारवालाहरुले उपचार गरे निको हुने र कुष्ठरोगीलाई विभेद गर्न नहुनेमा जोड दिए ।

कुष्ठरोग प्रभावितको क्षेत्रमा काम गर्दै आएको एसोसिएसन फर आइडिया नेपालका अध्यक्ष अमर बहादुर तिमल्सिनाले कुष्ठरोगको बिषयमा अहिलेसम्म पाठ्क्रममा समावेश नभएका कारण गाउँ समाजमा अझै पनि कुष्ठरोगलाई पूर्वजन्मको पापको रुपमा लिने गरिएको वताए ।
आइडिया नेपालले कुष्ठरोगको बिषय पाठ्यक्रममा समावेश गर्न काठमाडौंमा गरेको छलफल कार्यक्रममा अध्यक्ष तिमल्सिनाले २१ औ शताव्दीमा पनि कुष्ठरोगीलाई घर निकालासम्मको व्यवहार हुनु दुखद भएको वताए । उनले यो बिषय पाठ्यक्रममा समावेश गर्न पाठ्यक्रम विकास केन्द्रलाई आग्रह गरे ।

ल्याप्रोसी मिसन नेपालका राष्ट्रिय निर्देशक शोभाकर कडेलले कुष्ठरोगका बिषयमा १० हजार स्वास्थ्यकर्मी र ५ हजार शिक्षकलाई तालिम, ५० हजारको उपचार गराएको र १० हजार कुष्ठरोग प्रभावितलाई सामाजिक, आर्थिक रुपमा पुनस्र्थापना गरिएको जानकारी दिए । उनले सन् २०३५ सम्म नेपालबाट कुष्ठरोग निर्मूल पार्ने अभियानमा रहेको वताए । सन् २०३५ सम्ममा कुष्ठरोगलाई शुन्यमा झार्नु पर्छ उनले भने त्यसका लागि पहिला अरु रोग जस्तै कुष्ठरोग पनि सामान्य रोग हो भन्ने जनचेतना जगाउनु पर्छ । उनले कुष्ठरोग जो कोहीलाई पनि हुन सक्ने भन्दै कुष्ठरोगी हेला नगर्न आग्रह गरे ।

नेशनल प्याव्सनका सचिव प्रल्हाद दाहालले समाजमा रहेको कुरिती, विसंगती हटाउन बिद्यालयको पाठ्यक्रम महत्वपूर्ण हुने वताए । कुष्ठरोगको बिषय पाठ्यक्रममा रहनु पर्छ उनले भने, यो रोगबारे रहेको अन्धविश्वास बिद्यालय शिक्षाबाट हटाउन सकिन्छ । उनले कुष्ठ प्रभावित व्यक्तिहरुको बिषयमा निबन्ध प्रतियोगिता गर्न सुझाव समेत दिए ।

कुष्ठरोगका प्रशिक्षक राजकुमार पौडेलले पाप र धर्मका कारण कुष्ठरोग नलाग्ने वताए । उनले माइक्रो व्याक्टेरिया लेप्रेका कारण छाला र नशामा यो रोगको संकेत देखिने वताए । रोगको संकेत देखिने वित्तिकै उपचार गराए अंगभंग हुनबाट बच्न सकिने पौडेलको भनाई छ । कार्यक्रममा पाठ्क्रम विकास केन्द्रका पाठ्यक्रम अधिकृत युवराज अधिकारीले कक्षा ११ र १२ को पाठ्यक्रममा कुष्ठरोगको बिषय समावेश गर्ने प्रतिवद्धता जनाए ।

अहिलेसम्मको पाठ्यक्रममा सर्ने र नसर्ने रोगको बिषय मात्रै राखिएको छ उनले भने, अव कक्षा ११ र १२ को पाठ्यक्रममा यो बिषय समावेश हुन्छ । उनले देशभरका ३५ हजार २ सय २२ वटा बिद्यालयमा पुग्ने पाठ्यक्रममा कुष्ठरोगको विषय समावेश गराउने प्रतिवद्धता जनाए ।

प्रकाशित मितिः२०७४ भाद्र १७

वि.सं.२०७४ भदौ १७ शनिवार १४:१३ मा प्रकाशित

You can share this post!

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:३५

काठमाडौँ, १६ वैशाखः आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो...

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासङ्घ अध्यक्ष ढकाल     

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासङ्घ अध्यक्ष ढकाल     

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:२६

काठमाडौँ, १६ वैशाख: नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

लगानी सम्मेलनः उद्घाटन सत्रमा विशिष्ट व्यक्तिहरुको सम्बोधन जारी   

लगानी सम्मेलनः उद्घाटन सत्रमा विशिष्ट व्यक्तिहरुको सम्बोधन जारी   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:२१

काठमाडौँ, १६ वैशाखः तेस्रो लगानी सम्मेलन आजबाट काठमाडौँमा शुरु भएको...

नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारी सम्त्रन्धी सम्झौता

नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारी सम्त्रन्धी सम्झौता

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:०७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र लगानी हब बीच व्यवसाय साझेदारी...

काठमाडौँमा तेस्रो लगानी सम्मेलन उद्घाटन (फोटोफिचर)  

काठमाडौँमा तेस्रो लगानी सम्मेलन उद्घाटन (फोटोफिचर)  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५९

काठमाडौँ, १६ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...