back
NMB ad

 अमेरीकाको कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न

Kumari bank ad

नातिबाबु भट्ट, कोलोराडो, अमेरीका । अमेरीकाको कोलोराडोमा रक्तदान कार्यक्रम शनिबार सम्पन्न भएको छ । सो कार्यक्रम शनिबार ब्लड डोनर्स अफ अमेरीकाको सहयोगमा रकी माउटेण्ड फ्रेण्डस् अफ नेपालले आयोजना गरेको हो ।
कार्यक्रममा १४ जना नेपाली र १ स्थानीय गरी जम्मा १५ जनाले रक्तदान गरेका छन् । रक्तदान जीवनदान भन्ने मान्यतालाई मनन गर्दै यसरी रक्तदान गर्नेहरुमा नेपाली घरका अध्यक्ष लक्षुमण राना, रकी माउटेण्ड फ्रेण्डस् अफ नेपालका अध्यक्ष बिनोद त्रीपाठी, ब्लड डोनर्स अफ अमेरीकाका कोलोराडो च्याप्टरका कोर्डिनेटर टिका पौडेल, समाजसेवी बुद्धी लामीछाने, सुदर्शन अधिकारी, डा. पंकज तिम्सिना, मणी बस्नेत, रमेश कोईराला, श्रीराम लुईटेल ,रोहित श्रेष्ठ, लुना पौडेल, प्रज्ञा गहतराज, रोजिना ताम्राकार, ज्योती सुनुवार र स्थानीय मार्शा क्यासटिल रहेका छन् ।

आयोजक संथाका अध्यक्ष बिनोद त्रीपाठीले नेपाली समुदायका व्यक्तिहरुलाई आवश्यक परेको बेला सजिलैसंग रगत उपलब्ध गराउन तथा नेपाली समुदायको पहिचाहन गराउन कार्यक्रमको आयोजना गरिएको बताएका छन् ।
अमेरीकी नियम अनुसार रक्तदान गर्न अमेरीकामा बस्न थालेको ३ बर्ष हुनुपर्ने तथा लगातार एकबर्ष देश बाहिर नगएको हुनु पर्दछ ।
रक्तदान कार्यक्रम सफल पार्न बोन फिल्ड रक्तसंचार केन्द्र बोल्डरको प्राविधिक सहयोग र क्रसरोड चर्चले ठाउं उपलब्ध गरेर सहयोग गरेको ब्लड डोनर्स अफ अमेरीका कोलोराडो च्याप्टरका कोर्डिनेटर टिका पौडेले बताएका छन् ।
कोलोराडोमा संकलन भएको रगत कोलोराडो भित्रै खपत हुने रक्त संचारका कर्मचारीहरु बताउछन् । कुनै पनि ब्यक्तिको शरिरबाट निकालिएको रगत ४२ दिन सम्म मात्र प्रयोग गर्न सकिन्छ ४२ दिन पछि त्यो रगत काम नलाग्ने हुन्छ । कुनै बेला खपत हुन नसकि फाल्नु पर्ने अवस्था आयो भने मात्र स्टेट बाहिर पठाइने उनिहरुको भनाई छ ।

प्रकाशिच मितिः२०७४ भाद्र १९

वि.सं.२०७४ भदौ १९ सोमवार १४:२८ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...