back
NMB ad

दशैं लाग्न लाग्यो,नयाँ नोट साट्ने होईन ? २८ गतेदेखि कहाँ–कहाँबाट साट्न पाईन्छ ? पढ्नुहोस्

Kumari bank ad

काठमाडौ । दशैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले भदौ २८ गतेदेखि नयाँ नोट साट्ने व्यवस्था मिलाउने भएको छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रतिव्यक्ति अधिकतम २७ हजार रुपैयाँसम्म साट्ने जनाएको छ ।

नेपाल बैंक लिमिटेडका शाखा कार्यालयहरु (काठमाडौ बैकिङ अफिस, न्यूरोड, बलाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुर), राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु (सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानोथिमी, विशाल बजार र नक्साल) मा नयाँ नोट साट्न पाइनेछ । यसैगरी, कृषि विकास बैंकका शाखा कार्यालय (गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजार) बाट नयाँ तथा सुकिला नोट साट्ने व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ । यी ठाउँबाट नोट साट्दा प्रतिव्यक्ति २० हजार रुपैयाँसम्म साट्न सकिनेछ ।

यता, राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागको सटही काउन्टरबाट भने प्रतिव्यक्ति अधिकतम २७ हजारसम्म नोट साट्न पाइनेछ । संवैधानिक निकाय, नेपाल सरकारका कार्यालय, संस्थान, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य संघसंस्थालाई भने सम्बन्धित संस्थाको पत्रको आधारमा भदौ २१ गतेदेखि ३० गतेसम्म नयाँ नोट दिइने भनिएको छ ।

प्रकाशित मितिः २०७४ भदौ २०

वि.सं.२०७४ भदौ २० मंगलवार १०:३४ मा प्रकाशित

You can share this post!

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:४४

काठमाडौँ, १८ वैशाख : नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर...