back
NMB ad

यी आँखाले रोएका ती कैयौं आँखाहरु देखेका छन्ः प्रेम अनुभुती

Kumari bank ad

म अनेकौं कथा भित्र आफ्नो आफ्नो कथा खोज्छु अनि खोज्छु त्यो प्रेम त्यो चाहना अनि त्यो मीठो सुनौलो कल्पना तर भेटाउदिन कुनै पनि किन रु सायद अनेकौं जुनि पनि लिइ सकेको छु होला अनि कयौं जन्म सम्म सायद प्रेमको त्यो अस्तित्वको खोजीमा,जुन सुन्दा त आन्न्ददायी हुन्छ,तर त्यस्को तितो अनुभव हुँदा धेरैनै चोट पुग्छ जस्तो लाग्छ । अनि फेरि त्रासित हुन पुग्छ यो मन,डराउँछ हृदय अनि डराउँछ मेरो यो अन्तरआत्मा प्रेमको त्यो अंश त्यो अभिव्यक्ति म बाट धेरै पर छुटेको जस्तो भान हुन्छ मलाई किन रु

नत्र किन विश्वास गर्न सक्दैन मेरो यो अन्तरआत्माले प्रेम लाई रु किन सहजै लिन सक्दैन विश्वासका त्यो गन्तव्यलाई रु जो कसै माथी आफ्नो हृदयबाट समर्पणको भावना राख्छ । सायद भौतारिएको हृदयले सशंकित भै प्रश्न चिन्ह लगाउदै जान्छ । यहाँ हरेक माया खेल भए जस्तो लागेर होला सहजै विश्वास हुनलाई अलिक गाह्रो परेको । यी आँखाले रोएका ती कयौं आँखाहरु देखेका छन् । लागेका ती चोटहरु देखेका छन्,अनि टुटेका ती मन । सायद यी सबै घटनाक्रम आँखा अगाडि भएको हुँदा सहजै रुपले मायालाई अङ्गाल्न बाट त्रासित हुन्छ यो मन ।

चाहेको त थिए नि निस्कपट मन भित्र प्रेमको दियो जलाइ म पनि त्यस्को गहराइमा हराउँदै जाउँ अनि महसुश गरुं त्यो समर्पणलाई जुन एकअर्काको आलिङ्गनमा बाँधिदा हुन्छ । हृदयमा हुन जाने तरङ्गमा डुब्न अनि भित्रभित्रै त्यो सन्सारमा डुब्न जुन परिकल्पना भन्दा अलिक माथी छ मेरो लागि । तर फेरि डगमगाउन जान्छ हरेक ती सोचाइहरु जुन म कल्पना गर्दै डराउँन पुग्छु किनकी प्रेम चोट्ले रोएका ती आँखाहरु झल्झली मस्तिष्कमा घुम्न थाल्छ । जो धोकाका अवशेषहरुले पुरिएका थिए ।

म पनि प्रेमलाई परिभाषित गर्न खोज्छु । किनकी मलाई प्रेमको परिधि साँघुरिएको हेर्न मन छैन तर यहाँ त समयको यस्तो खेल चक्र छ । त्यसैले नचाहँदा नचाहँदै पनि यो हृदय संकीर्ण बन्न पुग्छ । किनकी आँसु र त्रासले बाटो रोकेर नै यो हृदय पिंजड़ा बनेको छ । अनि मन त्यो भित्र थुनिएको एउटा कैदी जुन प्रेमको परिभाषालाई खुल्ला रुपले प्रस्फुटन नगरी,सांगुरिएको सोच राख्न बाध्य छ। अनि प्रेमलाई बेग्लै रुपमा सोच्न बाध्य हुन थाल्दछ । तर म यो मानसिकता बाट उठेर फराकिलो सोच बनाउन चाहन्छु,अनि खुशी भएर सुनौलो संसार सजाउन चाहन्छु ।

अतः मेरो त्यो प्रेम प्रतीको नकारात्मक सोचाइहरु एकदिन अवश्य पनि बदलिएला भन्ने यो हृदयको चाहना छ । म पनि प्रेममा डुबि नौलो अनुभव लिन चाहन्छु । जीवनको त्यो खुशीलाई आत्मसाथ गर्न चाहन्छु । अनि म भित्र भएको डरलाई भगाउने कुनै बलियो साथ चाहन्छु। क्रमशः

प्रकाशित मितिः२०७४ भदौ २०

वि.सं.२०७४ भदौ २० मंगलवार १६:१७ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...