back
NMB ad

उत्तर कोरियाली क्षेप्यास्त्र चुनौतिलाई लिएर दक्षिण कोरियामा प्रदर्शन, दर्जनौ घाइते !

Kumari bank ad

उत्तर कोरियाली क्षेप्यास्त्र चुनौतिको सुरक्षार्थ दक्षिण कोरियाको एक शहरमा जडान गरिएका अमेरिकी अत्याधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई लिएर भएका प्रदर्शनमा प्रहरी र स्थानियबिच भएको भिडन्तमा परी बिहिबार दर्जनौ घाइते भएका छन् । उत्तरका लगातार भइरहेका हतियार परिक्षण र आइतबारको हाइड्रोजन बम परिक्षणप्रति सिओल कडा रुपमा प्रस्तुत भएपछि यो घटना भएको हो ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ इन र जापानी प्रधानमन्त्री शिन्जो आबेको रुसमा भएको भेटवार्ताले उत्तर कोरियालाई कडा सजाय दिने तथा तेल सप्लाइ पनि बन्द गर्ने सहमतिपछि भिडन्त भएको हो । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने प्रतिबन्ध समस्याको समाधान नभएको भन्दै दक्षिणको यो प्रस्ताव अस्वीकार गरिसकेका छन् ।

टर्मिनल हाइ एल्टिच्युड एरिया डिफेन्स सिस्टम (ठाड) जडान गरिएको सियोङ्जुको ग्रामिण क्षेत्रमा बुधबारदेखि धर्ना दिइरहेका ४०० जनामाथि प्रहरी खनिएका थिए । प्रदर्शनकारीले सडक अवरुद्घ गर्न प्रयोग गरेका कारका सिसा प्रहरीले फुटाएको थियो भने यस घटनामा ६ जना प्रहरीसहित ३८ जना घाइते भएका थिए तर कसैलाई पनि गम्भिर चोट नआएको स्थानिय दमकल अधिकारीले जानकारी दिएका छन् ।

ठाडको जडानबाट हुनसक्ने स्वास्थ्य समस्या र उत्तरको सम्भावित आक्रमणलाइ लिएर स्थानिय बासिन्दा प्रदर्शनमा उत्रिएका थिए ।

प्रकाशित मितिः २०७४ भदौ २२

वि.सं.२०७४ भदौ २२ बिहीवार १४:३१ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...