back
NMB ad

परराष्ट्रमन्त्री महरा र समकक्षी वाङविच बेईजिङमा भेटवार्ता

Kumari bank ad

चिन भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले बिहिबार बेइजिङमा आफ्ना चीनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका छन्। भेटका अवसरमा द्वीपक्षीय हित तथा साझा चासोका साथै चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ्सको कार्यान्वयनलाई तीव्रता दिने लगायतका विषयमा छलफल भएको जनाईएको छ।

बिहिबार नै बेइजिङस्थित नेपाली दूतावासमा गरिने रात्रीभोजमा मन्त्री महराले भेटघाट तथा भ्रमणका बारेमा थप जानकारी दिइने कार्यक्रम रहेको छ । चीनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उपप्रधान तथा परराष्ट्रमन्त्री महरा ६ दिने राजनीतिक भ्रमणका क्रममा बुधबार बेइजिङ पुगेका हुन् । महराले चीनियाँ प्रधानमन्त्री ली खछ्याङसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ भने शुक्रबार बेइजिङस्थित चाइना फरेन अफेयर्स युनिभर्सिटीमा आयोजना हुने अन्तरक्रियामा आफ्नो धारणा राख्ने कार्यक्रम छ। साथै व्यापारिक सहर क्वाङचौमा नेपाली महावाणिज्य दूतावासको औपचारिक उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ।

प्रकाशित मितिः २०७४ भदौ २२

वि.सं.२०७४ भदौ २२ बिहीवार १४:४० मा प्रकाशित

You can share this post!

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...

कैलाश मानसरोवर दूरदर्शनले नेपालगञ्जका होटल भरिभराउ   

कैलाश मानसरोवर दूरदर्शनले नेपालगञ्जका होटल भरिभराउ   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:४२

खजुरा (बाँके), १६ वैशाख : नेपालगञ्जबाट माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवर...

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउनेमा ग्लोबल आइएमई बैंक, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउनेमा ग्लोबल आइएमई बैंक, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:३७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा...

विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले लगानीको आकर्षण बढाएकोः प्रधानमन्त्री (पूर्णपाठ)   

विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले लगानीको आकर्षण बढाएकोः प्रधानमन्त्री (पूर्णपाठ)   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:२९

काठमाडाैँ, १६ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक विकास...

लगानी सम्मेलनमा दुई वटा सम्झौता   

लगानी सम्मेलनमा दुई वटा सम्झौता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:२६

काठमाडौँ, १६ वैशाखः तेस्रो लगानी सम्मेलनका क्रममा निजी क्षेत्रबीच आज...

अशक्त र गरिबले काठमाडौँ महानगरपालिकाभित्र निःशुल्क उपचार पाउने   

अशक्त र गरिबले काठमाडौँ महानगरपालिकाभित्र निःशुल्क उपचार पाउने   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:२१

काठमाडौँ, १६ वैशाख: काठमाडौँ महानगरपालिका (कामपा)ले लक्षित वर्गका लागि निःशुल्क...