back
NMB ad

सेयरमा लालझण्डा,नेप्सेमा दोहोरो अंकको गिरावट

Kumari bank ad

काठमाडौ । साताको चौथो दिन बुधबार ११ अंक भन्दा बढिले उकालो लागेको सेयर साताको अन्तिम कारोबार दिन बिहिबार पुनः घटेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको बम्पर बोनस घोषणाले बुधबार बढाएको बजार विहीबार ११.९५ अंकले घटेर १५५४.५५ अंकमा झरेको छ । कारोबार भएका सबै समूह ओरालो लागेका छन् ।1

विहीबार बुधबारको तुलनामा कारोबार रकम पनि घटेको छ । दिनभरिमा १५७ वटा कम्पनीको १२ लाख ८५ हजार ८ सय १५ कित्ता सेयर आठ हजार पाँच सय दश पटक खरिदविक्री हुँदा ७३ करोड ४९ लाख ५९ हजार रुपैंया बराबरको कारोबार भएको छ ।

बिहिबार नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर र निर्धन उत्थान बैंकको चार करोडमाथिको कारोबार हुँदा नेपाल इन्भेष्टमेन्ट बैंकको तीन करोड तथा आरएसडीसी लघुवित्त, नविल बैंक प्रोमोटर, सिद्धार्थ बैंक र सिभिल लघुवित्तको दुई करोडमाथिको कारोबार भएको छ । स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल लाइफ इन्स्योरेन्स लगायतको एक करोडमाथिको कारोबार भएको छ ।

जम्मा ३३ वटा कम्पनीको सेयरमूल्य बढेको दिन सबैभन्दा धेरै सिन्धु विकास बैंकका सेयरधनीले ७.५३ प्रतिशतले कमाएका छन् भने मितेरी डेभलपमेन्ट बैंक र आरएसडीसी लघुवित्तका सेयरधनीले क्रमशः ६.६० र ५.३८ प्रतिशतले कमाएका छन् । जानकी फाइनान्स, निर्धन उत्थान बैंक, सेन्ट्रल फाइनान्स, मेरो माइक्रोफाइनान्स, तारागाउँ रिजेन्सी, नविल ब्यालेन्स फण्ड, स्वाबलम्बन विकास बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् ।

2

यता, एक्सेल डेभलपमेन्ट बैंक, अरुण भ्याली हाइड्रो, युनाइटेड मोदी हाइड्रो, महिला सहयात्रा माइक्रोफाइनान्स र अपि पावर कम्पनीका सेयरधनीले ५ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । ङादी ग्रुप पावर, हिमालयन डिस्टीलरी, बरुण हाइड्रो, रिलायबल माइक्रोफाइनान्स, तिनाउ डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।

प्रकाशित मितिः २०७४ भदौ २२

वि.सं.२०७४ भदौ २२ बिहीवार १५:५९ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...