back
NMB ad

राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपाललाई १ घण्टा घेराबन्दीमा राख्ने को ?

Kumari bank ad

काठमाडौ। राष्ट्र बैंकमा ३० वर्षे सेवाअवधिको प्रावधान हटाउन लागिएको भन्दै कर्मचारीहरुबाट भइरहेको बिरोध अन्तरगत सोमवार गभर्नर डा. चिरञ्जीवि नेपाललाई कर्मचारीहरुले घेराबन्दी गरेका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघले गभर्नर नेपाललाई घेराउ गरेका हुन् ।

११ वर्षअघि वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तरगत राष्ट्र बैंक लगायत अन्य केही ठुला सरकारी बैंकमा लागु गरिएको ३० वर्षे सेवा अवधिको प्रावधान हटाउन राष्ट्र बैंकका उच्च अधिकारीहरु नै लागेको भन्दै कर्मचारीहरुले बिरोध गर्दै आएका छन् । ‘राष्ट्र बैंकमा पुराना कर्मचारीलाई अवकास दिएर नयाँ कर्मचारी ल्याउदा खर्च बढ्छ भन्ने हो भने पनि त्यसको तथ्यबाट पुष्टि हुनुपर्दछ,’ संघका महासचिव राजिव शर्मा रेग्मीले भने । उनले राष्ट्र बैंकमा रहेका पुराना कर्मचारीको क्षमता र नयाँ आउनेको क्षमता लगायत सबै आधारमा कुन जनशक्ति राख्दा राष्ट्र बैंकलाई बढि भार पर्छ भन्ने पनि तथ्य आउनु पर्ने बताए ।

संघले विनियमावली संशोधनको लागि बनेको समितिमा युनियनको पनि प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ । विनियमावली संशोधनको लागि गठन भएकै समितिको औचित्य माथी पनि कर्मचारीहरुले प्रश्न उठाइरहेका छन् । जनशक्ति व्यवस्थापन बिभागमा यही कारण ल्याइएको आरोप खेपिरहेका निर्देशक डा.गोपाल प्रसाद भट्ट समेत अवकाश प्राप्त गर्ने क्रममा रहेका छन् ।

सोमवार शाखाका कर्मचारीहरुले पनि शाखा निर्देशकको कार्यालय एक घण्टा घेराउ गरेका छन् ।

प्रकाशित मितिः २०७४ भदौ २६

वि.सं.२०७४ भदौ २६ सोमवार १४:१८ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...