back
NMB ad

अमेरिकामाथि जुनसुकै बेला हाइड्रोजन बम खसालेर ध्वस्त पार्नसक्छौंः उत्तर कोरिया

Kumari bank ad

लगातारको मिसाइल परिक्षणपछि उत्तर कोरियाका साँस्कृतिक सम्बन्धका विशेष प्रतिनिधि एलेक्जेन्ड्रो काओ डि बेनोले अमेरिकामा हाइड्रोजन बम खसाल्न आफूहरु तयार रहेको बताएका छन् । उनले अहिले अमेरिकाको जुनसुकै सहरलाई उत्तर कोरियाले ध्वस्त पार्न सक्ने दाबी पनि गरे ।

एलेक्जेन्ड्रो काओ डि बेनो किम जोङका सबैभन्दा नजिकका व्यक्ति मानिन्छन् । परमाणु परिक्षण गरेको केही समयमै उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वतर्फ जापानतिर लक्षित गर्दै शुक्रबार मिसाइल पनि छाडेको थियो । जापानतिर हानिएको मिसाइल ७ सय ७० किलोमिटरको उचारसम्म पुगेको र झण्डै ३ हजार ७ सय किलोमिटर टाढा पुगेको दक्षिण कोरियाका सेनालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । मिसाइल जापानको होकाइडो द्वीपको माथिबाट गएको थियो ।  संयुक्त राष्ट्रसंघले उत्तर कोरियाका विरुद्धमा थप तथा कडा नाकाबन्दी लगाएपछि उत्तर कोरियाले त्यसको कडा विरोध गर्ने बताएको थियो ।

सोमबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाका विरुद्धमा नाकाबन्दीको कानुन पारित गरेको थियो । उत्तर कोरियालाई उसको अर्थतन्त्रमा असर पार्नेगरी भन्दै मङ्गलबार लगाइएको नाकाबन्दीको विरोधमा झनै कडा रुपमा प्रस्तुत हुने प्रतिक्रिया दिएको हो । उत्तर कोरियाले आफ्नो देश परमाणु विकासको लक्ष्यमा पुगेरै छाड्ने दाबी पनि गरेको छ । उत्तर कोरियाका नेता किम जोङ–उनले आफ्नो देश परमाणु हतियार विकासको लक्ष्यमा पुगेरै छाड्ने बताएको उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसिएनएले जनाएको छ ।

उत्तर कोरियाको परमाणु क्षमता अमेरिकाको सैन्य क्षमता जत्ति नै बनाउने लक्ष्य रहेकोमा त्यो पूरा गर्ने नेता किमले बताउनुभएको केसिएनएले उल्लेख गरेको छ । उत्तर कोरियाले शुक्रबार जापानको माथिबाट मिसाइल प्रहार गरेपछि नेता किमको यस्तो भनाई आएको हो । शुक्रबार परीक्षण गरिएको मिसाइल बढी दूरीमा मार हान्न सक्ने अहिलेसम्मकै प्रभावकारी मिसाइल रहेको दाबी गरिएको छ ।

उत्तर कोरियाले दुई हप्ताअघि पनि जापानको माथिबाट मिसाइल आक्रमण गरेको थियो । त्यसपछि उसले हाइड्रोजन बमसहितको परमाणु परीक्षण गरेको थियो । संयुक्त राष्ट्रसंघले त्यसको प्रतिक्रिया स्वरुप उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा पारेको हो । तर प्रतिबन्ध कडा पार्ने निर्णय भएको केही दिनमा नै उत्तर कोरियाले फेरि अर्को मिसाइल परीक्षण गरेको हो ।

नेता किमले विश्वका ठूला देशले आफ्नो देशमाथि असिमित प्रतिबन्ध लगाउँदा पनि आफूहरुले परमाणु हतियारको लक्ष्य पूरा गर्ने बाटोमा लागेको बताएको केसिएनएले उल्लेख गरेको छ ।

विश्व समुदाय एवं संयुक्त राष्ट्रसंघले व्यापक मात्रामा विरोध गर्दागर्दै पनि उत्तर कोरियाले आणविक क्षेप्यास्त्र हान्ने गरेको छ । उत्तर कोरियाले सन् २००६ देखि नै निरन्तररुपमा यस्तो परीक्षण गर्दै आएको छ ।

प्रकाशित मितिः २०७४ असोज १

वि.सं.२०७४ असोज १ आइतवार १३:०६ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...