back
NMB ad

टाटाको नयाँ शोरुम भैरहवामा

Kumari bank ad

भैरहवा । रुपन्देहीको सदरमुकाम भैरहवामा टाटा कम्पनीको शोरुम संचालनमा आएको छ । भारतमा निर्मित टाटा कम्पनीका गाडीहरुको बुद्धम अटोमार्टले संचालनमा ल्याएको हो ।

चार जना युवा व्यवसायीहरुले सञ्चालनमा ल्याएको अटोमार्टले भैरहवाबाट टाटा कम्पनीका सम्पूर्ण साना प्यासेन्जर गाडीहरुको (कार) बिक्री हुने अटोमार्टका प्रबन्ध निर्देशक अभिनव मयुर कशौधनले बताए । शो रुम संचालनमा आएकै दिनमा ५ वटा गाडीको बुकिङ भइसकेको उनले बताए । टाटा कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता रहेको सिप्रदीका अन्य गाडीहरु रुपन्देहीबाट विक्री हुने गरेपनि साना पेसेन्जर गाडीहरुको पहिलो पटक विक्री सुरु भएको अटोमार्टका संचालक सुनिल सेन्चुरीले बताए ।

उनले शो–रुममा २० लाख रुपैयाँ देखि ६१ लाख रुपैयाँ सम्मका गाडीहरु रहेको तथा सिप्रदीले दिने छुट तथा सेवा–सुविधा बुद्धम अटोमार्टले प्रदान गर्ने बताए । उनका अनुसार अटोमार्टले टाटाको टिगोर, टियागो, सफारी स्ट्रोम, जेष्ठ, बोल्ट, टाटा सुमो लगायतका गाडी बिक्री गर्नेछ ।

शोरुमको उदघाटन गर्दै सिप्रदी टे्रडिङ प्रालिका उपाध्यक्ष सौरभ राज थपलियाले सिप्रदी र टाटा मोटर्सले सहकार्य गरेको ३५ वर्ष भइसकेको बताउँदै सिप्रदी ट्रेडिङ नेपालकै दोस्रो ठुलो कम्पनी तथा धेरै कर तिर्ने कम्पनीको रुपमा रहेको बताए । त्यस्तै सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरी प्रसाद अधिकारीले निजी क्षेत्र अगाडी बढ्न नसके आर्थिक पाटाका कार्य ओझेलमा पर्ने बताए । उनले भैरहवामा मोटरसाइकल, टे्रक्टर र गाडीको शो रुम विस्तार हुन खुशीको विषय भएको बताए ।

टाटा मोटर्सका कन्ट्री म्यानेजर अजित नारायण सिंहले सिप्रदी टे«डिङको १२ प्रतिशत बजार शेयर रहेकोमा हाल १५ प्रतिशत पुगिसकेको जानकारी दिए ।

प्रकाशित मितिः २०७४ असो २

वि.सं.२०७४ असोज २ सोमवार ११:११ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:३२

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १०...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...