back
NMB ad

हिमालयन हाइड्रो एक्स्पो २०१८ भृकुटीमण्डपमा आयोजना हुँदै

Kumari bank ad

काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (क्ष्एएब्ल्) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रुपमा हिमालयन हाइड्रो एक्स्पो २०१८ भृकुटीमण्डप स्थित प्रदर्शनीहलमा आयोजना गर्ने भएका छन् ।

नेपाल सरकार, राष्ट्रिय योजना आयोगले यस हिमालयन हाइड्रो एक्स्पो २०१८ लाई संरक्षकत्व प्रदान गर्नुका साथै नेपाल विद्युत प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफकमर्स, नेपाल बैंकर्स एसोसिएसनस, युथ कम्युनिटी फर नेपलिज कन्ट्राक्टर्सको सक्रिय सहयोग रहेको छ । साथै नेपाल टनेलिङ एशोसिएशन, नेपालजर्मन चेम्बर अफकमर्स एन्ड इन्डस्ट्रिज, नेपाल–भारत उद्योग वाणिज्य संघको पनि सहयोग रहेको छ । यस एक्स्पोको व्यवस्थापनइभेन्ट सोलुसनप्रालिले गर्न लागेको हो ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा स्वतन्त्रउर्जा उत्पादक संघका अध्यक्ष शैलेन्द्र गुरागाँइले एक्सपोमा टनेल खन्ने उपकरण सहित पछिल्ला टेक्नोलोजीको बारेमाजानकारी दिइने बताए । एक्स्पोमा बिदेशी स्टलका लागिपत्राचार भइरहेको र धेरै भन्दा धेरै बिदेशीहरु सहभागी हुनेमा आफू बिस्वस्त रहेको बताए ।

एक्सपो एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक बिजय सागर प्रधानले चीन भन्दा १ वर्ष पहिला हाइड्रो पावर सुरु गरेको नेपालले सय वर्षमा १ हजार मेगावाट विद्युत उत्पादन गर्न नसकेको तर चीनले एउटै योजना २२ हजार ५ सय मेगावाटको बनाएको प्रसंग उल्लेख गर्दै नेपालले पनि आधुनि प्रविधिलाई आत्म साथ गर्दै अगाडी बढ्नुपर्ने बताए ।

स्वतन्त्र उर्जा उत्पादक संघका उपाध्यक्ष कुमार पाण्डेले विदेशमा प्रयोगमा आइसकेको नयाँ प्रविधिबाट विद्युत उत्पादन गरे मात्र सस्तो हुने बताए ।
पत्रकार सम्मेलनमा हाइड्रोपावर डेभलपर्स, उत्पादक, हाइड्रपावरका एक्सपर्ट र एक्सपो आयोजकको उपस्थिती रहेको थियो ।
आगामि पौष २१ गते देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा सञ्चालनहुने हिमालयन हाइड्रो एक्स्पो २०१८ मा ३ सयभन्दा बढी स्टल रहनेछन् । जलविद्युतप्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक, जलविद्युतमानयाँप्रविधि र निर्माणसँग सम्बन्धित स्टल राखिने भएको छ । ती स्टलमध्ये १ सय ५० भन्दा बढी विदेशी स्टल रहनेछन् ।

जलविद्युत लगानीकर्ता, उत्पादक, इन्जिनियर लगायत यस क्षेत्रमा चासो दिने सबैका लागि यो एक्स्पो जानकारीको केन्द्र बन्ने विश्वास गरिएको छ । हालै नेपाल सरकारले घोषणा गरेको ७ वर्षमा १७ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यलाई पनि यो एक्स्पोले साथदिने विश्वास आयोजकले गरेको छ ।

साथै एक्स्पोमाइन्जिनियरिङ वेस भएका विद्यार्थिका वीचमा विभिन्न प्रतिस्पर्धा पनि गरिनुका साथै हाइड्रोपावरका विषयमा विभिन्न जानकारी दिने स्टल पनि राखिने छ ।

प्रकबाशित मितिः २०७४ असोज ४

वि.सं.२०७४ असोज ४ बुधवार १७:५२ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...