back
NMB ad

टानले दियो पर्यटन सुरक्षा तालिम,महासचिव लामालाई आईसिई हिमालयको मानार्थ सदस्यता

Kumari bank ad

काठमाडौ । ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल (टान) ले अन्तराष्टिय स्तरको पर्वतिय पर्यटन सुरक्षा र प्राथमिक उपचार सम्बन्धि ४ दिने तालिम प्रदान गरेको छ । टान, नेपालस्थित फ्रान्सेली राजदुतावास र आईस हिमालयजको संयुक्त आयोजनामा प्रदान गरिएको उक्त तालिममा विभिन्न २७ जना पदयात्रा प्रदर्शकहरुले सहभागिता जनाएका थिए । तालिममा आलिअन्स फ्रन्सेज लगायत फ्रान्सका सरकारी तथा गैर सरकारी संस्थाहरुको प्राविधिक सहयोग पनि रहेको थियो ।

तालिम प्राप्त पथप्रदर्शकहरुलाई नेपाल पर्यटन वोर्डमा एक विशेष समारोहका विच प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरिएको थियो । टानका अध्यक्ष चन्द्रप्रसाद रिजालको सभापतीत्वमा सम्पन्न कार्यक्रममा नेपाल स्थित फ्रान्सेली कार्यवाहक राजदुत अर्नुद स्याम्पीले प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथिको तर्फबाट शुभकामना सहित प्रमाणपत्र प्रदान गरेका थिए । कार्यवाहक राजदुत स्याम्पीले पदयात्रा पर्यटनमा टानले पुर्याएको योगदानको उच्च प्रसंसा गर्दै यस्ता किसिमका रचानात्मक कार्यक्रमहरुमा फ्रान्स सरकारको सदैव साथ तथा सहयोग रहने बताए ।

टानका अध्यक्ष चन्द्रप्रसाद रिजालले तालिम प्राप्त पथप्रदर्शक पर्यटकहरुलाई सेवा तथा सुरक्षा दिने मामिलामा कुनै कसर बाँकी नराख्ने बताए । पर्यटकको सुरक्षा र पर्यटन क्षेत्रको भविष्य पथ प्रदर्शकहरुको हातमा रहने उनले बताए । उनले भने, “तपाईं पथ प्रदर्शकहरु हाम्रो पर्यटन क्षेत्रका गहना मात्र नभएर पर्यटकले हेर्ने आँखा पनि हो । तसर्थ पर्यटकलाई सन्तुष्ट पार्ने कुरा र पर्यटन व्यवसायको सम्बुद्धि तपाईहरुको कार्यकुसलता र कार्यक्षमतामा निर्भर गर्छ ।”

त्यस्तै कार्यक्रममा टानका महासचिव कर्ण लामालाई आईसिई हिमालयले मानार्थ सदस्यता प्रदान गरिएको थियो । उक्त मानार्थ सदस्यता प्राप्त गर्ने लामा पहिलो नेपाली हुन् । मानार्थ सदस्यता प्राप्ती पश्चात वोल्दै महासचिव लामाले आईस हिमालय र टानको विचको सम्बन्ध थप प्रगाढ भएर जाने प्रतिवद्धता व्यक्त गरे ।taan trenning karna lama

आईस हिमालयका अध्यक्ष मोरिस डुन्सेले पनि टान र आफ्नो संस्था विचको सम्बन्धलाई गप मजबुत बनाएर लैजानुपर्नेमा जोड दिए । टानका कार्यसमिति सदस्य तथा तालिम विभाग संयोजक शितल चन्द्र धरेलले यस प्रकारको तालिमले पर्यटक सुरक्षाको प्रत्याभुती दिलाउन महत्वपूर्ण योगदान दिने बताए । उनले यस प्रकारका कार्यक्रमहरुको लागि आगामी दिनमा पनि हातेमालो गर्दै अघि बढ्नुपर्ने बताए ।

टानका कार्यकारी निर्देसक टेकबहादुर महतले टानले मानव संशाधन विकासमा महत्वपूर्ण कार्य गरेको भन्दै सो क्रममा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरे । महतले पहिलो चरणको तालिममा निश्चित कोटा भएकोले सबैलाई समेट्न नसके पनि आगामी डिसेम्बर सम्ममा अर्को चरणको तालिम संचालन गर्ने बारेमा छलफल भईरहेको बताए ।

प्रकाशित मितिः २०७४ असोज ६

वि.सं.२०७४ असोज ६ शुक्रवार ११:४९ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...