back
NMB ad

तामाकोशीको ठाडो सुरुङ छेडियो

Kumari bank ad

दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ठाडो सुरुङ (भर्टिकल साफ्ट) पूरा भएको छ । ३ सय २२ मिटर लामो माथिल्लो भर्टिकल सुरुङ खन्ने काम सकिएपछि ६ सय ९४ मिटर लामो ठाडो सुरुङ पूरा भएको हो ।

२०७२ वैशाखको भूकम्प र भारतीय नाकाबन्दीको असरका कारण सुरुङ निर्माणमा ढिलाइ भएको हो । तल्लो खण्डको ३ सय ७२ मिटर सुरुङ भने एक वर्षअघि नै सकिएको थियो । ठाडो सुरुङको निर्माण पूरा भएसँगै आयोजनाको ९१ काम सकिएको आयोजना प्रमुख विज्ञान श्रेष्ठले बताए । ‘आयोजनाको ठाडो सुरुङ पूरा भएको छ’ उनले भने, ‘यसलाई आयोजनाको महत्वपूर्ण कोसेढुङ्गा मान्नुपर्छ ।’
श्रेष्ठका अनुसार पूरा भएको ठाडो सुरुङमा लाइनिङ गरेर पेनस्टक स्टिल पाइप राख्न सुरु गरिने छ । गत वर्ष पूरा भएको तल्लो खण्डको सुरुङमा पेनस्टक पाइप जडान भइरहेको उनले बताए ।

ठाडो सुरुङ पूरा गर्न आयोजनाका लागि चुनौतीपूर्ण थियो । भूकम्प, नाकाबन्दीका साथै कमजोर भौगोलिक अवस्थाका कारण सुरुङ खन्ने कार्यमा समस्या आउँदा पटक पटक स्थगित हुँदै आएको थियो ।

डेढ महिनामा मुख्य सुरुङ पूरा हुने

२०७५ साल असारभित्र एउटा युनिटबाट उत्पादन सुरु गर्ने लक्ष्यसहित निर्माण भइरहेको आयोजनाको मुख्य सुरुङ डेढ महिनामा पूरा हुँदैछ । ८ किलोमिटर लामो मुख्य सुरुङमध्ये अब २ सय ७० मिटरमात्रै खन्न बाँकी छ ।

अहिले मुख्य सुरुङको भैंसे र गोंगर खण्डमा काम भइरहेको श्रेष्ठले बताए । ‘हामी ढिलोमा कार्तिक अन्तसम्म मुख्य सुरुङ पूरा गर्ने गरी काम गरिरहेका छौं’ उनले भने ।

आयोजनाको सिभिल संरचना सर्ज साफ्टको लागि अर्को १ किलोमिटर लामो छड्के सुरुङको डिजाइन भएको छ । मुख्य सुरुङ पूरा भएपछि निर्माण सुरु हुने उनले बताए ।

आयोजनाको विद्युत लगेर जोडिने खिम्ती सबस्टेसनको निर्माण चाँडै सुरु हुने अप्पर तामाकोशी हाइड्रोपावर कम्पनीले जनाएको छ । अहिले स्थानीयसँगको समस्या समाधान नजिक पुगेकाले निर्माण सुरु हुने प्रवक्ता गणेश न्यौपानेले बताए ।

आयोजनास्थलदेखि खिम्ती सबस्टेसनसम्मको ४७ किलो मिटर प्रसारण लाइन निर्माणको काम पनि भइरहेको छ । सबस्टेसन पूरा हुन २ देखि ४ महिना ढिला हुने देखिएकाले आयोजनाको विद्युत वैकल्पिक रुपमा किर्ने सबस्टेसनमा लगेर जोड्ने योजना रहेको उनले बताए ।उर्जाखबरबाट

प्रकाशित मितिः २०७४ असोज ६

वि.सं.२०७४ असोज ६ शुक्रवार १४:३० मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...