back
NMB ad

एकै जिल्लामा २४ करोडको दूध उत्पादन

Kumari bank ad

तेह्रथुम । जिल्लामा आर्थिक वर्ष २०७३/७४ मा रु २४ करोड बराबरको दूध उत्पादन भएको छ। जिल्लाका गाउँ९गाउँमा किसानले व्यावसायिक रुपमा उन्नत जातका गाई/भैँसीपालन गर्न थालेपछि दूधको उत्पादन वर्षेनी बढ्दै गएको हो। किसानले व्यावसायिक रुपमा समेत उन्नत जातका गाई/भैँसीपालन गर्न थालेकाले दूध उत्पादन बढेको जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक शिवजीप्रसाद दासले बताए।

जिल्लामा आव २०७३/७४ मा रु २४ करोड २८ मूल्य बराबरको ६ हजार ७० मेट्रिक टन दूध उत्पादन भएको थियो । अघिल्लो आव २०७२/७३ मा रु २३ करोड ९२ लाखको दूध उत्पादन भएको थियो।

जिल्लामा उत्पादन भएको दूधमध्ये करिब सात हजार २०० लिटर दूध दैनिक रुपमा जिल्लाबाहिर बिक्रीका लागि पठाउने गरिएको पशु विकास अधिकृत लोकनाथ ढुङ्गानाले बताए। यहाँको दूध दुग्ध विकास संस्थान विराटनगर, जीवन विकास डेरी, कामधेनु सहकारी संस्था, तरहरालगायत ठाउँमा बिक्री गर्न पठाउने गरिएको छ। आव २०७३/७४ मा जिल्लाबाट रु १० करोड २२ लाख बराबरको दूध जिल्लाबाहिर निकासी भएको छ।

जिल्लामा उत्पादन भएको मध्ये दुई हजार ५५५ मेट्रिक टन दूध मात्रै जिल्लाबाहिर निकासी भएको हो। यहाँ दूध प्रतिलिटर सरदर रु ४० का दरले किनबेच भइरहेको छ। जिल्लाका किसानले एक वर्षमा दूध बिक्रीबाट रु १० करोड २२ लाख आम्दानी गरेका पशु विकास अधिकृत ढुङ्गानाले बताए । जिल्लामा ६० लाख ७० हजार लिटर दूध उत्पादन हुन्छ।

हरेक दिन १६ हजार ६३० लिटर दूध उत्पादन हुने गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । कूल उत्पादनमध्ये ४२ प्रतिशत दूध जिल्लाबाहिर निकासी हुने गरेको छ । बाँकी ५८ प्रतिशत मात्रै जिल्लामा खपत हुन्छ।

जिल्लाका किसानले उत्पादन गरेको दूध सहकारी संस्था र चिस्यान केन्द्र गरी ३६ भन्दा बढी स्थानबाट दैनिक संकलन हुने गरेको छ । विशेषगरी लालीगुराँस नगरपालिका र छथर गाउँपालिकाका किसानले दूध उत्पादन गरेरै जीविकोपार्जन गरिरहेका छन्। जिल्लामा हाल १० वटा व्यावसायिक कृषि फार्म खुलेका छन्।

किसानलाई सहयोग पुर्‍याउन कार्यालयले उन्नत जातको घाँसको बीउबिजन, नश्ल सुधार, कृत्रिम गर्भाधान, प्राकृतिक गर्भाधान, किसानलाई तालिम, आधुनिक मेसिनरी सामानका लागि अनुदान र गोठ सुधारका लागि रु १० हजारसम्म अनुदान दिने गरेको छ।

प्रकाशित मितिः २०७४ असोज ८

वि.सं.२०७४ असोज ८ आइतवार १४:२४ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...