back
NMB ad

चन्द्रागिरि केवलकारलाई विशेष पर्यटकीय गन्तब्य सम्मान

Kumari bank ad

काठमाडौं । विशेष पर्यटकीय उत्पादन मार्फत् नेपालको दिगो पर्यटनमा उल्लेखनीय योगदान पु¥याएवापत चन्द्रागिरि हिल्स लिमिटेडलाई नेपाल सरकार संस्कृति, पर्यटन तथानागरिक उड्डयन मन्त्रालयले सम्मान गरेको छ ।

३८औं विश्वपर्यटन दिवसको अवसरमा आयोजित एक विशेष कार्यक्रमकाबीच लिमिटेडलाई सरकारले उक्त सम्मान प्रदान गरेको हो ।

सम्मान ग्रहण गर्दै चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक महत्व बोकेको तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण रहेको चन्द्रागिरि नेपालको पर्यटन प्रवद्र्धनमा एकीकृत पर्यटकीय गन्तब्यको रुपमा विकसित हुँदै गएको जानकारी गराए । कार्यक्रममा बोल्दै उनले राज्यले पर्यटन क्षेत्रको विकासका लागि पर्यटन पूर्वाधारहरुको निर्माणमा थप लगानी गर्नुपर्ने र नेपालको पर्यटन उद्योगमा भएको नीजि लगानी र योगदानको सरकारले उचित कदर गर्नुपर्ने धारणा राखे ।

चन्द्रागिरि हिल्सले नेपालमा आउने विदेशी पर्यटकको नेपाल बसाइलाई कम्तिमा एक दिनले लम्ब्याउने उद्देश्यमा अगाडि बढेको जानकारी दिए । यस्तै खालका पर्यटकीय पूर्वाधार सहितका एकीकृत पर्यटकीय गन्तव्य प्रादेशिक रुपमा निर्माण गर्न सकिएमा त्यसले नेपालको समग्र पर्यटन अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने कुरा पनि बताए ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

९ असोज २०७४

वि.सं.२०७४ असोज ९ सोमवार १८:३९ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...