back
NMB ad

एनबी ईन्सुरेन्सको नाम अब आइएमई जनरल हुने, १०ः८ हक प्रद पश्चात चुक्ता पूंजी रु.९७ करोड २० लाख पुग्ने

Kumari bank ad

काठमाडौं । एन.बी.ईन्सुरेन्स कम्पनी लिमिटेडको २०औं बार्षिक साधारण मंगलबार लैनचौर बैङ्क्वेट्स, लैनचौर, काठमाण्डौंमा सम्पन्न भएको छ ।

साधारण सभामा संचालक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीले देशभर प्रधान कार्यालय सहित २२ वटा शाखा कार्यालय, २ वटा सम्पर्क कार्यालय र ८ वटा सेवा काउण्टर गरी कूल ३२ स्थानबाट बीमा सेवा प्रदान गरिरहेकोमा चालु आ.ब.मा थप १९ स्थानमा शाखा तथा सम्पर्क कार्यालय विस्तार गरी ७ वटै प्रदेशका विभिन्न स्थानबाट शाखा, सम्पर्क कार्यालय तथा सेवा काउण्टर गरी ५१ स्थानबाट ग्राहक महानुभावहरुलाई बीमा सेवा प्रदान गर्ने जानकारी गराए ।

आ.ब. २०७३।०७४ को बार्षिक साधारण सभा सम्पन्न गर्ने सबैभन्दा पहिलो कम्पनी भएकोमा खुशी व्यक्त गर्दै ग्राहक महानुभाव, शेयरधनी महानुभाव, संचालकहरु, पूर्व संचालक, संस्थापक शेयरधनीहरु, नियमनकारी निकाय, व्यवस्थापन समूह लगायत सम्पूर्ण कर्मचारीहरु प्रति आभार व्यक्त गर्दै धन्यवाद दिए ।

गत आ.ब.को साधारण सभाबाट पारित भए वमोजिम १ः१ को अनुपातमा हकप्रद शेयर निस्काशन गरी कम्पनीको चुक्ता पूंजी रु.५४ करोड पु¥याएको र आजको साधारण सभाबाट १०ः८ (दश शेयर बराबर आठ शेयर) अनुपातको हकप्रद शेयर पारित भए वमोजिम कम्पनीको चुक्ता पूंजी रु.९७ करोड २० लाख पुग्नेसमेत जानकारी गराए । नेपाली बीमा बजारमा आफ्नो छुट्टै पहिचान स्थापित गर्ने हेतुले कम्पनीले अल्पकालिन र दिर्घकालिन रणनीति बनाउंदै कम्पनीलाई आगामी पांच बर्ष भित्र एक उत्कृष्ट कम्पनीको रुपमा स्थापित गर्ने र शेयरधनीहरुलाई उचित मुनाफा दिने लक्ष्यका साथ कम्पनी अगाडी बढि रहेको समेत सभालाई जानकारी गराए ।
राष्ट्रिय महत्वको बिषय रहेको लघु बीमा, कृषि तथा पशु बीमालाई अगाडी बढाउने क्रममा जनकपुर, बर्दिवास, ओखलढुéा र सोलुखुम्बुको सल्लेरी स्थित शाखा कार्यालयहरुबाट सेवा प्रदान गरिरहेको र देशको कुना कुनासम्म बीमा पहुंच विस्तार गर्दै लाने रणनीति रहेको बारेमा पनि शेयरधनीहरुलाई जानकारी गराए ।

कम्पनीको नाम र लोगो परिवर्तन सम्बन्धि प्रस्तावलाई सभाले कर्तलध्वनीका साथ स्वीकृत गरे वमोजिम कम्पनीको नाम आईएमई जनरल इन्स्योरेन्स लिमिटेड राख्न र सो सम्बन्धमा सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गरेकोमा शेयरधनीहरुलाई धन्यवाद दिंदै स्वीकृतीको लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा पेश गर्ने पनि जानकारी गराए ।

सभामा अध्यक्षले कम्पनीले चालु आ.ब.को आश्विन ७ गतेसम्ममा करिब रु.१४ करोड प्रिमियम संकलन गरी लगानीमा रु.७३ करोड ६७ लाख पु¥याउन सक्षम भएको पनि सभालाई जानकारी दिए ।

प्रकाशित मिति ः २०७४ असोज १०

वि.सं.२०७४ असोज १० मंगलवार १९:१९ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...