back
NMB ad

अलैँची र चियाको समस्या सुल्झाउन सार्वजनिक निजी साझेदारी सञ्जाल गठन

Kumari bank ad

तेह्रथुम। तेह्रथुमको विभिन्न क्षेत्रमा उत्पादन हुने अलैँची र चियासँग सम्बन्धित समस्या समाधानका लागि सञ्जाल गठन भएको छ। अलैँची र चियाका समस्या बहस तथा पैरवी गरी समाधान गर्न सार्वजनिक निजी साझेदारी सञ्जाल गठन भएको हो।

अलैँची र चियासँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकाय, किसान, व्यवसायी र सञ्चारकर्मीसमेत सम्मिलित सञ्जालले श्रमिकका अधिकार, बाल श्रमिक, पारिश्रमिक, वातावरणीय प्रभाव र सामाजिक उत्तरदायित्व जस्ता विषयमा पैरवी गर्नेछ।

किसान र व्यवसायीबीचको सम्बन्धलाई सुमधुर बनाई उत्पादित सामानको बजारीकरणमा समेत सहयोग पुर्याउने सञ्जालले लक्ष्य लिएको जनाइएको छ। उन्नति परियोजनाको सहयोग तथा विश्व परिदृश्य वकालत मञ्चको सहजीकरणमा गठित सञ्जालको संयोजकमा स्थानीय अलैँची व्यवसायी तुलसीप्रसाद ढकाल र चिया उद्यमी दिलकुमारी लिम्बू सचिव छन्।

जिल्लामा भने चिया, अलैँचीका साथै अदुवा, दूध, अम्लिसोलगायत अन्य नगदेबाली पनि उत्पादन हुने गरेका छन्।रासस

प्रकाशित मितिः २०७४ असोज १९

वि.सं.२०७४ असोज १९ बिहीवार १४:२७ मा प्रकाशित

You can share this post!

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:०८

काठमाडौँ, १७ वैशाख : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर...

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:५७

चैनपुर (बझाङ) १७ वैशाखः बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा...

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:१२

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...