back
NMB ad

नेपाली खेलाडी ननितालाई दोश्रो अन्तर्राष्ट्रिय पदक

Kumari bank ad

काठमाडौ । मंगोलियाको उलन्बटारमा जारी नवौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा नेपाली खेलाडी ननिता महर्जनले रजत पदक जितेकी छन् । ननिताले महिला १६० सेन्टीमिटर उचाईमा रजत जितेको नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका महासचिव राजन श्रेष्ठले बताए ।

फाइनलमा ननितासहित मंगोलिया, इटाली र भियतनामका गरी ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । मंगोलियाले स्वर्ण जित्दा इटालीले कास्यमा चित्त बुझायो । खेल्न सुरु गरेको छोटो अवधिमा ननिताले विश्व शारीरिक सुगठनमा पदक जितेको यो दोश्रो अवसर हो ।

गत वर्ष थाइल्यान्डमा भएको यसै प्रतियोगिताको आठौं संस्करणमा ननिताले ऐतिहासिक कांस्य जितेकी थिइन । त्यो कास्य पदक नेपाली शारीरिक सुगठनको इतिहासमा कुनैपनि नेपाली महिला खेलाडीले जितेको पहिलो पदक थियो । आठौं विश्व शारीरिक सुगठन ननिताको ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता पनि हो । ननिताले २०७३ सालमा काठमाडौमा भएको प्रथम मिस्टर काठमाडौं तथा महिला फिट्नेस प्रतियोगिताबाट आफ्नो करियर थालेकी थिइन् । त्यस प्रतियोगितामा ननिताले स्वर्ण जितेकी थिइन ।

सोमबार सम्पन्न हुने प्रतियोगितामा नेपाली खेलाडीको प्रतिस्पर्धा सम्पन्न भएको छ । प्रतियोगितामा ननिता र २ पुरुष खेलाडी गरी ३ खेलाडीले नेपालको चुनौती प्रस्तुत गरेका थिए । रुजेशले ६० केजीमा कांस्य जिते भने ५५ केजीमा कमल भण्डारी प्रि जजिङ राउन्डबाटै बाहिरिएका थिए ।

नेपालका लागि नवौं विश्व शारीरिक सुगठन ऐतिहासिक भएको महासचिव श्रेष्ठले बताएका छन् । ‘नवौं विश्व शारीरिक सुगठन नेपालका लागि ऐतिहासिक क्षण हो । कुनै एक अन्तर्राष्ट्रिय प्रतियोगितामा यसअघि दुई खेलाडीले पदक जितेका थिएनन् ।’ महासचिव श्रेष्ठले भने– ‘यसपटक हाम्रा खेलाडीले त्यो उपलब्धी हात पार्दै सारा नेपाली र शारीरिक सुगठन प्रेमीलाई खुशी तुल्याएका छन् । सम्पूर्ण टिमलाई बधाइ छ ।’

नेपाली टोली सोमबार राती स्वदेश फर्किदैछ । अन्तर्राष्ट्रिय निर्णायक ईश्वरमान श्रेष्ठले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित मितिः २०७४ असो २३

वि.सं.२०७४ असोज २३ सोमवार १०:५९ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...