back
NMB ad

माटोरहित पट फ्लावरको कारोबार सुरु

Kumari bank ad

काठमाडौं । ललितपुरको जावलाखेल मैदानमा जारी पुष्प मेलामा माटोरहित पट फ्लावरको कारोबार सुरु गरिएको छ । बागमती फ्लोराले बजारमा ल्याएको पट फ्लावरमा माटोको सट्टा नरिवलको जट्टा प्रयोग गरिएको हो ।

अबलोकनकर्ताको मुख्य आकर्षण बनेको बागमती फ्लोराको स्टलमा रोज, कार्नेशन, हाइबिसकस, भर्बेना, पिटुनिया, इम्पपेसन्स लगायतका फूलहरु पट फ्लावरमा उपलब्ध छन् । गिफ्टको रुपमा हेरिने माटोरहित पट फ्लावर इन्डोर र सदाबहार प्लान्टको रुपमा प्रयोगमा आउने गरेको छ । अफिस, बैंक, लिभिङ रुम, बाथरुम लगायत घरको जुनसुकै सानो स्थानमा पनि राख्न मिल्ने यो पट फ्लावर नेदरल्याण्डबाट आयातित प्रबिधी भएको ग्लोबल फ्लोरा प्रालिका प्रबन्ध निर्देशक संजिब कार्कीले बताए । हल्याण्डको पम भन्ने संस्थासँगको प्रबिधिक सहयोग सहित आयातित गरिएका बिरुवाहरु बजारमा ल्याएको कार्कीले बताए ।

उपहार दिने परिपाटीलाई आत्मसाथ गर्दै बजारमा ल्याइएको यो पट फ्लावर साइज र बिरुवा हेरी ५ सय देखि ५ हजार रुपैयाँ सम्म पर्ने बागमती फ्लोराले जनाएको छ । उपत्यकाका मुख्य फ्लावर सप र गिफ्ट पसलहरुमा उपलब्ध रहेको पट फ्लावर जावलाखेलमा जारी पुष्प मेलामा समेत राखिएको छ । जारी मेलामा मुख्य आकर्षण बनेको पट फ्लावरको स्टलमा सर्बसाधारण अबलोकनकर्ताको बाक्लो उपस्थिती रहेको छ ।
हलुका र माटो रहित भएका कारण यसमा रोग लाग्ने संभाबना कम भएको दाबी बागमती फ्लोराको छ ।

प्रकाशित मिति: २०७४ असोज २६

वि.सं.२०७४ असोज २६ बिहीवार १७:२३ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...